सिपाघाट बजारमा डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सुरु

रबिन राई ( दनुवार )
चैत २० मण्डनदेउपुर(काभ्रे)
काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सुरु गरिएको छ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् (कोभिड १९)रोग रोकथामका लागि मण्डनदेउपुर नगरपालिका प्रमुखको नेतृत्वमा सिपाघाटमा डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सुरु गरिएको हो।
बिश्वभर फैलिएर रहेको कोरोना भाइरस (कोभिड १९)रोग रोकथामका लागि डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सुरु गरिएको नगरपालिका प्रमुख टोक बहादुर वाइबाले जानकारी दिए।
सिपाघाट बजारमा मात्र नभइ नगरपालिका भित्र रहेका प्रत्येक वडामा डिसइन्फेक्टेेन्ट स्प्रे छर्कन सुरु गरिएको हो।मानिस भिड हुने र दम्कल जाने सबै ठाउँमा स्प्रे छर्किने नगर प्रमुख वाइबाले बताए।

सिपाघाट बजारमा डिसइन्फेक्टेन्ट स्प्रे छर्कने क्रममा नगर प्रमुख टोक बहादुर वाइबा वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य समाजसेवि गणेश भण्दारी अर्जुन अाचार्य स्थानीय देउपुर प्रहरी लगायत सरोकारवालाको उपस्थितिमा बजारमा स्प्रे छर्न सफल भएको हो।