विद्यालयमा निर्मित क्वारेन्टाइनमा सात जना

रबिन राई ( दनुवार )
चैत १९ मण्डन देउपुर ( काभ्रे )
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ रोकथामका लागि मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ मा रहेको मादेवस्थान बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा सात जना मानिसहरू राखिएको छ।
उक्त सात जना मानिसहरू विदेशबाट अाएकोले कोरोना भाइरस (कोभिड १९ ) रोग सङक्रमणको अाशंकाको कारण क्वारेन्टाइनमा राखिएको हो।
मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष डिल्ली प्रसाद अाचार्यका अनुसार सात जना मानिसहरू विदेशबाट आएकोले कोरोना भाइरस
सङ्क्रमण अाशंकाले गर्दा क्वारेन्टाइनमा राखिएको उनले बताए।
उनका अनुसार नगरपालिकाको सहयोगमा क्वारेन्टाइनमा राखिएको मानिसहरूलाई खान बस्नको लागि उचित ब्यबस्था रहेको उनले बताए।
अध्यक्ष अाचार्यले क्वारेन्टाइनमा राखिएको मानिसहरुमा कोरोना भाइरस सँग मिल्दो कुनै पनि लक्ष्यण नदेखिएको हुँदा हस्पिटल लैजानु पर्ने अवस्था नरहेको बताए।
उनका अनुसार यदि क्वारेन्टाइनमा रहेको मानिसहरूमा कोरोना भाइरस (कोभिड १९) सँग मिल्दो लक्ष्यण देखा परेमा वा सिकिस्त बिरामी भएमा तुरुन्तै धुलिखेल हस्पिटल लैजाने ब्यबस्था रहेको उनले बताए।
अध्यक्ष अाचार्यका अनुसार यदि क्वारेन्टाइनमा राखिएको मानिसहरूमा कोरोना भाइरस सँग मिल्दो लक्ष्यण देखा नपरेमा १५ दिन देखि १८ दिन सम्ममा अा-अाफ्नो घरमा पठाउने ब्यबस्था रहेको उनलेे बताए।