लकडाउन नै उलंघन गरे पूर्व मन्त्री बस्नेतले, ’अब फेरी उलंघन गरे पक्राउ गरिन्छ‘–सिडियो

१६ चैत्र, सिन्धुपाल्चोक । पूर्व सूचना तथा सञ्चारमन्त्री महोहन बहादुर बस्नेतले राहत वितरणको नाममा लकडाउन उलंघन गरेका छन् । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि यसको नियन्त्रण र रोकथामको लागि नेपाल सरकारले देशमा ६ दिनदेखि घोषणा गरेको लकडाउन जारी छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत विज्ञप्ति जारी गर्दै लकडाउन कडाईकापूर्वक लागु गरिने जनाएको थियो । तर हिजो नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्रि बस्नेतले राहत वितरणको नाममा अनावश्यक हुल जम्मा गरेर लकडाउनको उलंघन गरेको बाह्रबिसेका एक स्थानीयले सिन्धुज्वालालाई बताए । ति स्थानीयका अनुसार शनिवार बस्नेतले ठूलो संख्यामा कार्यकर्तासहितको टोली लिएर सडक मजदुरलाई खाद्यन्न वितरण भन्दैै केही चामल, नुन दिएर लकडाउनको उल्लङ्घन गरेका हुन् ।

त्यस्तै पूर्वमन्त्री बस्नेतले एकदर्जन कार्याकर्तालाई अघिपछि लगाएर सुनकोशी गाँउपालिकामा पुगेका थिए । लकडाउनको समयममा बाहिर निस्किएको भन्दै सर्वसाधारणले भाटे कारवाही भोग्नु परेको अवस्थामा पूर्व मन्त्री बस्नेत भने निर्वाद रुपमा सर्वसाधारणलाई भेला गर्दै राहत वितरणमा लागेको पांग्रेटारका एक स्थानीयले भने । नागरिकलाई सुरक्षित गराउन सरकारले चालेको सकारात्मक कदमको बस्नेतले ठाडो उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा समेत उनको चर्को विरोध भइरहेको छ ।

यस सन्दर्भमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल संग बुझ्दा अब उलंघन भए पक्राउ गरिने बताए । ’हामीले सम्बन्धित पार्टीलाई नै यो बारेमा अवगत गराई सकेका छौं, उहाँहरुले अब आईन्द दोहिरिदैन भन्नु भएको छ‘, प्रजिअ ढकालले भने, ’अब पुनः दोहोरिए पक्राउ गरिन्छ ।‘
उनका अनुसार हिजो चौतारामा जिल्ला समन्वय समितिको अध्यक्षतामा सबै पालिका प्रमुख सहित बसेको बैठकले जिल्ला समन्वय समितिको अनुमति बिना कसैले सहयोगका नाममा राहत तथा स्वास्थ्य सामग्री वितरण नगर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिको एकद्वार नीतिबट राहत सहयोग गर्ने निर्णय भएको प्रजिअ ढकालले जानकारी दिए ।
यसैबीच आज प्रजिअ ढकालको अध्यक्षतामा कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा कमाण्ड फोर्सको बैठक बसेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रजिअ ढकालका अनुसार कमाण्ड फोर्सको वैठकले विभिन्न जिल्लाबाट आएका श्रमिकहरुलाई घर फर्काउन सहजीकरण गर्ने, ग्याँस विक्रीवितरण गर्न उद्योगवाणिज्य तथा उपभोक्ता मञ्चलाई व्यवस्था मिलाउन पत्रचार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी समितिले विभिन्न उपसमिति बनाएर उपसमितिहरुको संक्रमणको जोखिमलाई ध्यान दिई मेसेन्जर ग्रुप गठन गरी भिडियो च्याट गर्ने समेत निर्णय गरेको छ ।