क्वारान्टाईनमा निमार्णणमा मेलम्ची नगरपालिकाकाे अग्रसर

रबिन राई (दनुवार)
चैत्र १५ मेलम्ची (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्वारेन्टाइन निर्माणमा अग्रसर भएको छ।
विश्वभर फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ रोग रोकथामका लागि मेलम्ची नगरपालिका क्वारेन्टाइन निर्माणमा अग्रसर भएको हो।
मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्यालले विश्वभर फैलिएको माहमारि कोरोना भाइरस अर्थात् कोभिड १९ रोग रोकथामका लागि नेपाली सेनाको जिम्मामा मेलम्ची नगरपालिकामा क्वारेन्टाइन बनाउन अग्रसर भइरहेको र यदि नगरपालिका भित्र कोरोना भाइरस सँग मिल्दो लक्ष्ण भएको बिरामि भेटेमा वा बिदेश बाट अाएको व्यक्ति फेलापरेमा उक्त क्वारेन्टाइनमा लगेर राखिने व्यवस्था रहेको उनले बताए।
उनका अनुसार नगरपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ चौकीहरुमा कोरोना भाइरस अर्थात् कोभिड १९ रोकथामका लागि माक्स बितरण लगायत बृद्ध बृद्धालाई अाबश्यक दम रुघाखोकीको अौषधि पनि उपलब्ध गरीएको उनलेे बताए।
नगरपालिका प्रमुख अर्यालले विश्वभर फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ रोग रोकथामका लागि सरकारले गरेको लकडाउन प्रावधानलाई सहयोग गरौ लकडाउन अबधिभर अनावश्यक हिड् डुल नगरौ साथै अाफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसौ अाफुनि बचौ अरुलाइनि बचाउन यदि फेरि लकडाउन अवधि भरि अनावश्यक बाहिर निस्केमा प्रहरी द्वारा कार्बाहि गरिने उनले बताए।