लकडाउन उल्लघन गर्नेलाई भाटे कार्बाही

रबिन राई (दनुवार)
१४ चैत भिम्टार (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिम्टारमा लक डाउन उल्लघन गर्नेलाई भाटे कार्बाही सुरु भएको छ।
चैत १३ बुधबार देखि भिम्टार प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक रामप्रसाद नेपालको नेत्रित्वमा भाटे कार्बाही सुरु गरिएको हो।
सरकारले गरेको निर्णय अनुसार कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लक डाउन स्थानीयले उल्लघन गरेकाले प्रहरी द्वारा भाटे कार्बाही सुरु गरिएको भिमटार प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक रामप्रसाद नेपालले बताए।

उनका अनुसार भाइरस जहाँ तहि फैलन सक्छ घरमै बसौं अनावश्यक बाहिर हिडडुल नगरौ भन्दा भन्दै अटेर गरेपछि भाँटे कार्बाही गर्नुपरेको उनको भनाई छ । तर पछिल्लो अवस्था भने सुधार हूँदैगएको उनले बताए ।