लकडाउनको बेला ’मेयरसाप‘लाई भ्याइनभ्याई

चौतारा (सिन्धुपाल्चोक) । यतिबेला मुलुक कोरोना भाईरसको कारण लकडाउनको स्थितिमा छ । लकडाउनको कारण सिन्धुपाल्चोक पनि पुरै ठप्प छ । जिल्लाका मुख्य बजार देखि ग्रामिण भेगका प्रत्येक नागरिकहरु सेल्फ क्वारान्टाईन अर्थात घरमै सुरक्षित बसिरहेका छन् । यस्तो अवस्थामा चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङ भने माक्स, सेनीटाईजर र औषधी लगाएत सामग्री बोकेर प्रत्येक वडा–वडामा पुगेका छन् । मुलुक लकडाउन भएको दोस्रो दिन पुग्दा मेयर तामाङ नगरपालिकाका १४ वटै वडामा ति सामग्रीहरु लिएर पुगेका छन् । कोराना भाईरस अर्थात (कोभिड–१९) को प्रभाव न्युनिकरण गर्न लगाईएको लकडाउनमा आफु पनि सुरक्षित रहनु पर्ने कुरामा मात्र केन्द्रित नरहि जनताको स्वास्थ्य सुरक्षालाई समेत मध्यनजर गरेर खटिएको मेयर तामाङले बताए । ’आफ्नो मात्रै स्वास्थ्यको कुरा भएन जनताको स्वास्थ्यको पनि ख्याल गर्नु प¥यो नी‘, मेयर तामाङले भने । उनका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटा वडा तथा १८ स्वास्थ्य चौकीहरुमा तीन दिनको बीचमा ति सामग्रीहरु पु¥याईएको हो । स्वास्थ्य सामग्री लिएर आफै खटिईएका मेयर तामाङका अनुसार हालसम्म सबै वडामा गरी २५ हजार थान माक्स, सेनीटाईजर तथा विभिन्न औषधीहरु वितरण गरिएको छ । नगरका सबै वडाहरुमा ५१ हजार माक्स पु¥याउने लक्ष्यका साथ अबका केही दिनमा पु¥याई छाड्ने उनले बताए ।

यसैबीच नगरकै पहलमा जिल्ला समन्वय समितिको भवनमा आईसियुलेसन वेड तथा मेलचौरमा क्वारान्टाईन वेड तयार गर्न लागिएको समेत उनले जानकारी दिए । त्यस्तै नगरकै पहलमा प्रत्येक स्वास्थ्यचौकीमा एक–एक वटा सेफ्टी ज्याकेट उपलब्ध गराउन लागिएको उनले बताए । कोरानाबाट सुरक्षित रहेने उक्त सेफ्टी ज्याकेट एम्बुलेन्स तथा सरकारी सवारी साधनका ड्राईभरहरुलाई समेत उपलब्ध गराउन लागिएको उनले बताए ।