कोरोना नियन्त्रणमा सफलता मिल्दै, विश्वमा एकलाख २२ हजार उपचार पछि घर फिर्ता

काठमाडौ । विश्वमहामारीको रुपमा लिईएको कोरोना भाईरस विश्वका १९८ मुलुकमा फैलिएपनि उपचार पनि युद्व स्तरमै भएको छ ।
प्राप्त पछिल्लो तथ्याङ्क अनुसार हालसम्म विश्वमा एकलाख २२ हजार ७ सय १० जना कोरोनाबाट संक्रमित भएपनि उपचार पछि घर फर्किएका छन् । यो तथ्याङ्क पछिल्लो संक्रमण बढेसंगै भारी मात्रामा सुधार आएको विज्ञहरुले बताएका छन् ।
विभिन्न छापा माध्यामबाट प्रकाशित पछिल्लो रिपोर्ट अनुसार हालसम्म विश्वका १९८ मुलुकमा यो माहामारी फैलिएको छ । जस अनुसार ५ लाख ३३ हजार ४ सय १६ मा संक्रमण देखिएकोमा एकलाख २२ हजार ७ सय १० जना उपचार पछि घर फर्किएका हुन् । त्यस्तै मर्नेहरुको संख्या हालसम्म २४ हजार ८२ जना पुगेको छ ।
त्यस्तै नेपालमा ३ जनामा संक्रमित भएकोमा हालसम्म एकजना उपचार पछि घर फर्किएका छन् ।
यस्तो छ पछिल्लो तथ्याङ्क विश्वको
मृत्यु २४०८२, संक्रमित ५३३४१६ र निको भएका १२२७१०
नेपालमा संक्रमित ३ र निको भएको १