नेपालमा भेटियो तेस्रो कोरोना संक्रमित

काठमाडौं । नेपालमा नयाँ कोराना संक्रमित भेटिएका छन् । अहिले सम्म कोराना भाइरस पोजेटिभ देखिनेको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाएको नमुनामा (कोभिड(१९) पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
यसअघि चैत ४ मा फ्रान्सबाट दोहा कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको थियो । जसको रिपोर्ट स्वास्थ्य मन्त्रालयले गत आइतबार सार्वजनिक गरेको थियो ।
नेपालमा कोरोना भाइरस (कोभिड १९)को दोस्रो संक्रमण भएको पुष्टि भएसँगै सरकारले मंगलबारदेखि एक साताका लागि ‘लकडाउन’ घोषणा गरेको छ ।
नेपालमा पहिलोपटक चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । जसलाई उपचार पछि निको भईसकेको छ ।
नेपालमा हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
(आजको खवरडवलीमा समाचार छ)