जुगलमा महामारी हुन नदिन टोल फ्री

निर्मल बस्नेत /सिन्धुपाल्चोक
बिश्वभर संक्रमणमा रहेको कोरोना भाईरस(कोभिड–१९) लाई रोकथाम तथा प्रतिकार्य स्वरुप जुगल गाउँपालिकाले टोल फ्री हेल्पलाईन सेवा सञ्चालनमा ल्याएको छ ।
नागरिकहरुलाई ज्वरो, रुघा, सुख्खा खोकी लागि स्वास्थ्यमा समस्या परेमा गाउँपालिकाको टाोल फ्री नं.१६६०११६२००१ मा सम्पर्क गरि आफ्नो समस्या वताउन सकिने गाउँपालिकाले जनाएको छ । स्वास्थ्यमा गम्भिर सम्स्या आएमा गाउँपालिकामा रहेको एम्बुलेन्स प्रयोग गरेर रोग अनुसारको उपचारको लागि सेवा प्रदान गरिने स्वास्थ्य केन्द्र तथा उपत्यकाको अस्पतालमा पठाईने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
हामीलाई प्राप्त जानकारी अनुसार सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय सरकारहरु मध्ये टोल फ्री सेवा सञ्चालन गर्ने एकमात्र जुगल गाउँपालिका नै रहेको छ । टोल फ्री सञ्चालनमा ल्याएपश्चात गाउँपालिकाको ५० भन्दा माथिले उक्त टोल फ्री नम्बरमा कल गरि सोधपुछ गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।