सिपाघाट बजार पूर्णरूपमा लकडाउन
रबिन राई (दनुवार )
चैत्र ११ सिपाघाट (काभ्रे)
काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट बजारमा पुर्ण रुपमा लक डाउन भएको छ।
सरकारको अादेेश अनुसार स्थानीय देउपुर प्रहरी कार्यालय प्रमुख तारामनि श्रेष्ठ सहितको टोलिको निर्देशनमा लक डाउन गरिएको हो।
चिनको ह्वान बाट फैलिएको कोरोना भाइरस कोभिड १९ रोक थाम गर्नका लागि सरकारको अादेशमा सिपाघाट मात्र नभइ नेपाल भर मै लक डाउन गरेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा प्रमुख डिल्ली प्रसाद अाचार्यले बताए ।
उनका अनुसार सरकारले लक डाउन गर्नुको उद्देश्य जनता सुरक्षित रहनु हो भन्ने बताए ।