लकडाउन पछिकाे सिन्धुपाल्चाेक पूर्णरूपमा ठप्प

निर्मल बस्नेत ÷सिन्धुपाल्चोक
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड – १९) को असरवाट प्रभावित भएपछि नेपाल सरकारले आह्वान गरेको लकडाउनपछि सिन्धुपाल्चोक पनि पूर्ण रुपमा ठप्प भएको छ ।
सरकारले आम नागरिकलाई अत्यावश्यक कामबाहेक सम्पूर्णलाई घरबाहिर ननिस्कन भनेपछि आम सर्वसाधरण, कर्मचारी र जनप्रतिनीधिहरुले सहयोग गरि मानवीय आवतजावत तथा सवारी साधन बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि चैत्र ११ गते बिहान ६ बजेबाट १८ गतेसम्मको लागि केन्द्रियसरकारको निर्णय पालना गर्नको लागि अपिल गरेअनुसार सम्पूर्ण रुपले बन्द भएको हो ।


बिहानै बाट सुनसान सिन्धुपाल्चोकको मूख्य ब्यापाकि केन्द्र चौतारा, बाह्रबिसे र मेलम्ची साथै साना एवं मझौला व्यापारिक स्थलहरुको दुध डेरी, औसधि पसल र अत्यावश्यक खाद्यन्न पसलहरुबाहेक पूर्ण रुपले ठप्प रहेको छ । केहिदिन अघिबाटै जिल्लामा पनि स्थानीय सरकारहरुले बाहिरवाट आएकाहरुको चेकजाँच गरेर मात्र गाउँ प्रबेश गराएका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाले पनि हिजोबाटै बन्देउमा स्वास्थ्य परिक्षण गरेर मात्र प्रबेश खुला गरेको थियो । अत्यावश्यक काममा खटिने बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र संचारगृहहरुले जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर मात्र चलाउन अनुमति दिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधबप्रसाद काफ्लेले सिन्धुज्वालालाई जानकारी दिए । काफ्लेका अनुसार सरकारी निर्णय उल्लङ्घन गरेमा ६ महिनासम्मको जेल सजाए र जरिवानासमेतको व्यवस्था रहेका छ ।