मन्डनदेउपुर नगरपािलकामा स्वास्थ्य सहायताकक्ष सञ्चालन

रबिन राई (दनुवार )
चैत्र ११मण्डनदेउपुर(काभ्रे)
काभ्रेपालाञ्चोक जिल्लामा पर्ने मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट तीनकुन्नेमा स्वास्थ्य सहायता कक्ष सञ्चालन भएको छ।
वडा अध्यक्ष सोयमसेविका लगायतका टोलिको स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको हो।
मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष डिल्ली प्रसाद अाचार्यले चैत्र दस सोमबार नगरपालिकामा बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको हो।यस्ता सहायता कक्ष अन्य अाठ ठाउँमा सञ्चालन भइरहेको बताए।

उनका अनुसार चिनको ह्वानबाट विश्वभर फैलिरहेको महामारी कोरोना भाइरस कोभिड १९ रोग रोकथामका लागि स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको उनले बताए।
अध्यक्ष अाचार्यका अनुसार मण्डन देउपुर वडा नम्बर ६ मा बसोबास गर्ने कुनै पनि बिरामी व्यक्तिमा कोरोना भाइरस सँग मिल्दो लक्षण देखापरेमा क्वारेन्टाइनमा लैजाने व्यवस्था रहेको उनलेे बताए।
स्वास्थ्य सहायता कक्ष सञ्चालन लगत्तै स्थानीय बासिन्दा खुसि हुदै नगरपालिकालाई वडा लाई धन्यवाद दिए।