चोरिको आरोपमा चार व्यक्ति पक्राउ

रबिन राई (दनुवार )
चैत्र ६, कुञ्चोक (सिन्धुपाल्चोक ) । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ कुञ्चोकमा चोरिको आरोपमा चार व्यक्ति पक्राउ परेका छन् । बुधबार इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरीहरुले चोरिको आरोपमा चार जनालाई पक्राउ गरेको हो । स्थानीयको उजुरीमा विभिन्न ठाउँमा चोरि गरेको आरोपमा चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरिक्षक पकस बिकले बताए । उनका अनुसार चोरी आरोपमा पक्राउ परेका काभ्रे जिल्ला पाँचखाल नगरपालिका १२ का ५९ वर्षीय दावा सिंह तामाङ, सोही नगरपालिका–६ का ७४ वर्षीय लक्ष्मण तामाङ र धुलिखेल नगरपालिका–.१० का ३९ वर्षीय रामचन्द्र बाँनिया पक्राउ गरेका छन् । त्यसैगरी सिन्धुपाल्चोक कै इन्द्रावती गाउँपालिका– ३ का एक व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ । स्कारपियो मोटर चढी आएका ति चार व्यक्ति संकास्पद लागेपछि इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको एक स्थानीयले सिन्धुज्वालााई बताए । प्रहरी सायक निरिक्षक विकका अनुसार पक्राउ परेक ति चार व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन जाँदा उल्टै प्रहरी माथिनै अभद्र व्यवहार गरेका थिए । सोही आधारमा प्रहरीले मुद्दा चलाउने तयारी भइरहेको उनले बताए । चोरी आरोपमा परेका व्यक्तिहरुमा अनुसन्धान भईरहेको असई विकले बताए ।