कोरोना विरुद्वजुध्न सरकारले चाल्यो कदम २५ जनाभन्दा बढी भेला हुन नपाउने

चैत ५ गते, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै २५ जना भन्दा बढी भिडभाड हुन नदिन सरकारले कडाई गरेको छ । नेपाल सरकारले स्कुलदेखि सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो ।
सरकारले अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि निर्देशन गरेको छ । त्यस्तै सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढि यात्रु ओसारप्रसार नगर्न निर्देशन समेत दिएको छ ।


बिहीबारदेखि सञ्चालन हुन लागेको एसईई लगाएत परीक्षा समेत स्थगित गरेको छ । सरकारले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट गलत सूचना र अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले गरेको निर्णय आगामी वैशाख १८ गतेसम्म लागु हुने जनाएको छ
यस्तो छ सरकारको प्रेस वक्तव्य –