एसईई स्थगित, त्रिविका समेत सबै परीक्षा स्थगित हुनसक्ने

५ चैत, काठमाडौं । नेपाल सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चित कालका लागि स्थगित गरेको छ ।
परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ को प्रभावका अनिश्चित कालका लागि एसईई तथा त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको सरकाले जनाएको छ । कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो । तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेका थिए । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका थिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । यसैबीच विश्वविद्यालयको परीक्षाबारे भोलि निर्णय गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयले लिने परीक्षाबारे भने स्थगन हुन सक्ने निर्णय भइनसकेको भएपनि सम्भव त त्रिविबाट परिक्षा सुरु नगरेकाको हकमा स्थगन हुनसक्ने अनुमान गरिएको छ । यसमा विषयमा छलफलका गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका अधिकारीहरुलाई बुधबार मन्त्रालयमा बोलाएका थिए ।