मिनिट्रिपर दुर्घटना हुँदा २२ जना घाइते

रबिन राई(दनुवार )
चैत्र ३ काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ हिँगुवापाटीमा मिनिट्रिपर दुर्घटना हुँदा २२ जना घाइते भएको छन् ।
हिजो साँझ ५.१५ बजेको समयमा मिनिट्रिपर र ठुलो ट्रिपर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
काभ्रे जिल्लाको चैनपुरबाट सिन्धुपाल्चोक जिल्लाको देउराली जाँदै गरेको बा २ क २१८२ नम्बरको मिनिट्रिपर र डाँडखोला क्रसरबाट गिट्टी लोड गरी पाँचखाल जाँदै गरेको बा ५ ख ५७७४ नम्बरको ठुलो ट्रिपर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धुलिखेलका प्रहरी निरीक्षक कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार दुर्घटनामा परी २२ जना घाइतेहरुलाई तत्काल प्रहरीद्वारा उद्वार गरी उपचारका लागि धुलिखेल अस्पताल पु¥याई उपचार भईरहेको छ । मिनिट्रकमा सवार यात्रुहरु चैनपुर देखि आफन्तलाई दही चिउरा खुवाएर आउने क्रममा दुर्घटनामा परेको स्थानीयले बताएका छन् । तीव्र गतिमा टिपर चलाएका कारण साँघुरो तथा घुमाउरो सडकका कारण ठुलो ट्रिफरसँग ठक्कर खाँदा दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उनले बताए ।