झण्डै दुई साताको बसाई पछि बालुवाटार फर्किए ओली

३० फागुन, काठमाडौं । झण्डै दुई साताको अस्पताल बसाई पछि प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट आज डिस्चार्ज भएका हुन् ।
उनी स्वास्थ्य लाभपछि आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् । प्रम ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । तर प्रम ओलीलाई अझै दुईसाताको लागि भने बाहिर सम्पर्कमा नरहन डाक्टरहरुले सुझाएका छन् ।