पर्यटकीय स्थल हेलम्बुमा पुगिन विश्व सुन्दरी टोनी (फोटो फिचर सहित)

२३ फागुन, हेलम्बु (सिन्धुपाल्चोक) । सन २०१९ की विश्व सुन्दरी टोनी एन सिङ जिल्लाकै पर्यटकीय स्थल हेलम्बुमा पुगेर फर्किएकी छिन । नेपाल भ्रमणका क्रममा हेलम्बु आएकी विश्व सुन्दरी (मिस वल्र्ड) सिङले सिन्धुपाल्चोककै चर्चामा रहेको हेलम्बु ग्रेट ट्रेल निरिक्षण गरेकी छिन् ।

हेलीकोप्टरबाट निर्माधिन अवस्थामा रहको ग्रेटट्रेल तथा मोडल विद्यालयमा रहेको स्थानमा अवतरण गरेकी विश्व सुन्दरी सिङलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।
करिब एक घण्टाको भ्रमणमा आज बिहान हेलम्बु आएकी टोनीलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा सहितका स्थानीयले भव्य स्वागत गरेका हुन् ।

उनी संगै मिस नेपाल २०१८ की श्रृंखला खतिवडा र मिस नेपाल (२०१९) की अनुश्का श्रेष्ठ समेत आएकी हुन् । एशियाकै चर्चामा रहेको हेलम्बुको ग्रटट्रेल अवलोकनपछि विश्व सुन्दरी प्रतियोगितामा व्युटी अफ द प्रपोजको उपाधी जित्न सफल मिस नेपाल श्रेष्ठले सञ्चालन गरेको आयआर्जन कार्यक्रम अवलोकन र लाभग्राहीसँग साक्षात्कार गरेकी थिइन् । अवलोकनपछि टोनीले हेलम्बुको सुन्दरता र परियोजना अवलोकनपछि आफू एक्साइटेट भएको बताईन ।

मिस नेपाल श्रेष्ठले सञ्चालन गरेको प्रोजेटले विश्वको १३० वटा देशमा उच्चतम उपलब्धी गरेको ठहर गर्दै प्राईज जितेको थियो । हेलम्बु गाउँपालिका ७, सुर्सिङमा रहेको प्रोजेक्टमा अनुश्काले लण्डनमा भएको विश्व सुन्दरी प्रतियोगितामा व्युटी अफ द प्रपोज उपाधी जितेकी थिइन् । सोही अनुसार प्रोजेक्टले निरन्तरता पाएको उक्त प्रोजेक्टका प्रोजेक्ट कोअर्डिनेटर मिङमार तामाङले बताए । उनका अनुसार प्रोजेक्टबाट सुर्सिङमा १४० घरधुरीलाई लाभ पुगेको छ ।

स्थानीयलाई आयआर्जनको काम दिएको उक्त प्रोजक्टबाट कार्पेट, धुपबत्ती, क्यान्डल, ढुङ्गा काट्ने र ईटा बनाउने मेशिन सहित काम दिइएको उनले बताए । त्यसपछि सुर्सिङमै होम स्टेको विकास गर्न लागिएको उनले बताए । ‘प्रत्येक घरधुरीलाई तालिमको लागि आश्यक सामग्री खरिद गरिदिएर सीप सिकाएका छौं ’ मिङमारले भने । सीप सिकाउने मात्र नभई उत्पादित सामानको बजार व्यवस्थापन समेत गरिदिएको उनले बताए । आयआर्जनको कामले सामन्य घरखर्ची चलेको आयआर्जन काममा सहभागी कान्छी तामाङले प्रतिक्रिया दिईन ।


आफ्नो पालिकाको महत्वकांक्षी योजना रहेको हिमालयन ग्रेटट्रेल, मोडेल विद्यालय र सुर्सिङमा रहेको आएआर्जनको कामले स्थानीयलाई उत्साहित बनाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘आज हेलम्बुमा भएको विश्व सुन्दरी लगाएतको भ्रममणले पालिकालाई झनै उत्साहा थपियो’, अध्यक्ष शेर्पाले भने । हेलम्बुलाई विस्तारै विश्वको हेर्न लाएक पर्यटकीय स्थल बनाउन आफु लागि पर्ने उनले बताए ।