ह्योसिमेसको नवौं वार्षिक साधारणसभा सम्पन्न

मेलम्ची । ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामजिक उत्थान कार्यक्रम सञ्चालन समितिको नवौं वार्षिकी साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साउकाको साधारणसभाको २ नम्बर प्रतिनिधि सभाका संघीय सांसद शेरबहादुर तामाङले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख रहेका सांसद तामाङले उद्घाटन पछिको मन्तव्य राख्दै २०७७ सम्म मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण हुनु सिन्धुबासीको लागि गौरवको कुरा भएको बताएका छन् ।

मेलम्ची पानी काठमाडौं पथान्तरण संगै मेलम्ची र हबेलम्बुका क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक सुधार गर्न आयोजनाले पुरा गर्ने आफु विश्वस्त भएको बताए । त्यस्तै सांसद तामाङले जिरो किलो देखि मेलम्ची सम्म दुई लेनको पक्की सडक निर्माण भईरहेकोमा आगमी वर्षभित्र मेलम्चीको टिम्बु सम्मको सडक कालोपत्रे गराउन पहल भईरहेको उनले बताए ।

मेलम्ची आयोजना प्रभावित क्षेत्रमा सञ्चालन हुँदै आएको सुप कार्यक्रमले स्थानीय जनताको विश्वास र आयआर्जनमा टेवा पु¥याई रहेकोमा उनले धन्यवाद दिए । समितिले स्थानीय सरकारसंग समन्वयन गर्दै समयमै योजना तर्जुमा गरी चैत्र बैशाख भित्र योजनाहरु कार्यान्वयन गरिसक्न समेत सुझाब दिए । कार्यक्रमका विशेष अतिथि रहेका प्रदेशसभा सदस्य निमा लामाले प्रभावित समुदाय आफैं संगठित भई सञ्चालन भएको सुप कार्यक्रम मार्फत स्थानीय समुदाय र आयोजना बीच सहकार्य गर्न महत्वपूर्ण भूमिका रहेको बताए । उनले मेलम्ची परियोजना छिट्टै सम्पन्न हुने अपेक्षा राख्दै उनले मुहान क्षेत्रका जनता जति संवेदनसिल भएपनि त्यति काठमाडौंका जनतामा विश्वास नभएको बताए ।

आयोजना सम्पन्न हुन लाग्दा समेत काठामाडौं उपभोक्ताको भूमिका उपयुक्त नभएको भन्दै पानी छिट्टै लैजान काठमाडौंका जनताको चिन्ता र चासो देखिनु पर्ने उनले तर्क पेश गरे । त्यस्तै कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले सामजिक उत्थान कार्याक्रमबाट तर्जुमा भएका कार्यक्रमहरु सम्बन्धित स्थानीय तहको गुरु योजनालाई सहयोग पु¥याउन पर्ने धारणा राखे । मेलम्ची खानेपानी आयोजना पथान्तरण संगै स्थानीय तहले पाउन पर्ने लिखित रोयल्टीको ग्यारन्टी हुन आवश्यक रहेको उनले जिकिर गरे । मेलम्ची खानेपानी आयोजनाले स्थानीय विकास निर्माण र आयोजना कार्यान्वयनमा स्थानीय तहसंग समन्वयन गरेर मात्र कार्य उनले सुझाब दिए । कार्यक्रममा मेखाविस बोर्ड सदस्य चन्द्रबहादुर थापा, उपकार्यकारी निर्देशक रामप्रसाद खरेल, सल्लाहकारहरु हस्त पण्डित, फणिन्द्र दाहाल तथा याङिग्र लार्के सरोकार समितिका सोमर बम्जन लगाएतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाले विभिन्न ६ वटा प्रस्ताव अनुमोदन गरिएको ह्योसिमेस सञ्चालन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति उपेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार साधारणसभाले अघिल्ला वर्षको खर्च अनुमोदन, चालु आवको अख्तियारी, आगमी आ.वको कार्यक्रम तर्जुमा तथा मेलम्ची खानेपानी आयोजना पथान्तरण अगवै लेवी र रोयल्टीको कानुनी सुनिश्चिता लगाएत प्रस्तावहरु पास गरेको छ । नवौं साधारणसभाले आगमी वर्षको लागि रणनैतिक उद्देश्य सहित योजनाका प्रस्तावहरु पास गर्न सकिएको कार्यक्र अधिकृत शिवप्रसाद नेपालले बताए ।
यस्ता छन् पारित गरिएका प्रस्तावहरु
१) गत आ.व. मा साउकाबाट भएको कुल खर्च रु. ७,०७,९४,८०५र (समीक्षा सहित अनुमोदन ।
२) चालू आ. व. को लागि मेखाबिसबाट प्राप्त बजेट सिमा रु. ७,५०,००,०००र(को शिर्षगत बिनियोजन र प्रस्तावित कार्यक्रमहरुको अनुमोदन र अख्तियारी ।
४) कार्यसमितिलाई आगामि आ. ब.को समेत कार्यक्रम तर्जुमा गर्न अधिकार प्रत्यायोजन ।
५) मेलम्ची खानेपानी आयोजना पथान्तरण अगावै लेवीर रोयल्टीको कानुनी सुनिश्चितता हुनुपर्ने माग ।
६) लेवीर रोयल्टी तोकिदा काठमाडौंका जनताबाट उठाउने महशुलको निश्चित प्रतिशत नै तोकिनुपर्ने । व्यबस्थापन खर्च कटाएर वचेको रकमलाई “लाभ बांडफांड“ रुपमा हुने रायल्टि वितरणको कुरा आएमा प्रभावित समुदायलाई अमान्य हुने ।