‘चीनले नयाँ भ्याक्सिन निर्माण गरेर मानव जातीको मुक्ति दिलाउँदै छ’–सभामुख सापकोटा

२१ फागुन, सुकुटे (सिन्धुपाल्चोक) । व्यवस्थापकीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक विश्वमा कोरोना भाईरसको आतंक बढिरहेको सन्दर्भमा चीनले नयाँ भ्याक्सिन निर्माण गरेर मानव जातिको मुक्ति दिलाउन लागेको बताएका छन् । मंगलबार सुकुटे महोत्सवको समापन कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख सापकोटाले कोरोना भाईरसले विश्व परिस्थिति निकै प्रतिकुल बनेको अवस्थामा चीनको नयाँ प्रयास सार्थक हुने उनले विश्वास दिलाए । ‘कोरोनाले सिङ्गो विश्वनै लपेट्न लागिसकेको अवस्थामा चीनले नयाँ भ्याक्सिन निर्माण गरेर मानव जातिको मुक्ति दिलाउदै छ’, सापकोटाले भने ।

डरलाग्दो रुपमा रहेको कोरोना भाईरसलाई चीनले नियन्त्रण गर्न लागेको बताउँदै सभामुख सापकोटाले यसबाट नआत्तिन आग्रह गरे । सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने नेपालको योजनामा कोरोनाले प्रभावित बनाएपनि विस्तारै मथ्थर हुने उनले विश्वास दिलाए । जतिसुकै प्रतिकुलता र जोखिमहरु आएपनि मानव जातिले सारा चुनौतिहरुलाई स्विकार गरेर सामना गर्न सक्नुपर्ने तर्क पेश गर्दै सापकोटाले भने, ‘चुनौति बिनाको जिंदकी के जिदंकी जोखिम बिनाको जिंदकी के जिदंकी ?’ छिमेकी मुलक चीनमा फैलिएको कोराना भाईरसले नेपालमा समेत पर्यटकीय क्षेत्रमा गम्भिर असर परेको भएपनि यसबाट छिट्टै मुक्ति पाउने विश्वास दिलाए । पछिल्लो पटक अप्राकृतिक कुराहरुले मान्छेहरुमा असान्र्दभिक हुने खतरा बढिरहेको बताउँदै सापकोटाले पुराना कुराहरु विस्थापित भएर नयाँ कुराहरु स्थापित हुन लागेको बताए । प्रतिकुल स्थितिमा पनि सुकुटे महोत्सव सम्पन्न हुन सकेकोमा धन्यवाद दिदै सापकोटाले १० बुँदे घोषणापत्र वैज्ञानिक, बस्तुवादी र लागु गर्न सक्ने खालको रहेको बताए । ‘अब कसरी कार्यान्वयन हुन्छ भन्ने कुराले यसको सार्थकता पुष्टि गर्छ’, सापकोटाले भने । सोही प्रसंगमा सापकोटाले राम्रो काम गर्नको लागि सबैले मिलेर गर्न सक्छौं भन्ने उदाहरण सुकुटे महोत्सवले प्रमाणित गरिसकेको उनले बताए । अबको चुनौतिहरुको सामना गर्ने भनेको नदि नालाहरुको संरक्षण गर्न र प्राकृतिक सौन्दर्य जोगाईराख्न पर्नेमा उनले जोड दिए । महोत्सवद्वारा जारी गरिएको १० बुँदे घोषणा पत्रले कहि न कहि प्रेरणा दिएको बताउँदै सापकोटाले सुकुटे महोत्सवले राष्ट्रलाई नयाँ सन्देश दिन सकिने उनले धारणा राखे ।

समापन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, सुभाष कर्माचार्य, सरल सहयात्री पौडेल लगाएत नेताहरुले सम्वोधन गरेका थिए । सोही अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट तथा सहभागीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
सुकुटे महोत्सवबाट जारी गरिएको १० बुँदे घोषणापत्र अनुसार पर्यटन सम्बन्धी गतिविधिलाई निरन्तरता दिईने सिन्धुपर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष तथा कार्यक्रमका सभापति नाराण श्रेष्ठले बताए ।
यो पनि पढ्नुहोस
१० बुँदे घोषणापत्र जारी गर्दै प्रथम सुकुटे महोत्सव सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै प्रथम सुकुटे महोत्सव सम्पन्न