१० बुँदे घोषणापत्र जारी गर्दै प्रथम सुकुटे महोत्सव सम्पन्न

फागुन २०, सुकुटे (सिन्धुपाल्चोक) । फाल्गुण १७ देखि २० सम्म सञ्चालित प्रथम सुकुटे महोत्सव २०७६ १० बुँदे घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ । जिल्लालाइ नै समृद्ध बनाउन आन्तरिक र वाह्य पर्यटनको उत्कृष्ट गन्तव्य स्थल बनाउने उद्देश्यले थालिएको प्रथम सुकुटे महोत्सवबाट १० बँुदे घोषणापत्र जारी गरिएको छ । सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोक आयोजक र चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिका प्रर्वद्वक रहेको महोत्सवले सुकुटे आसपास क्षेत्रलाई केन्द्रित बनाई किसानलाई समेत भरपर्दो आम्दानीको रुपमा कृषि व्यवसायमा जोडेर तरकारी उत्पादन गर्ने तथा स्थानीय होटलहरुमै खपत गराउने देखि होमस्टेको विस्तार गरिने समेत जारी गरिएको घोषणा पत्रको बँुदामा उल्लेख छ ।

त्यस्तै घोषणपत्रमा नदि संरक्षण गर्ने, माझी समुदायको संस्कृतिको संरक्षण, सुकुटे जलविहारको सुन्दर हब बनाउने र सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लगाएतका बँुदाहरु उल्लेख गरिएको छ । त्यस्तै घोषणापत्रमा नेपाल पर्यटन वोर्डको समन्वयमा टुरिजम वाईवसाईड, डिजिटल मार्केटिङ र सूचनाकेन्द्र स्थापना गर्ने समेत उल्लेख गरिएको छ ।

घोषणापत्र मुल व्यवस्थापन समितिका संयोजक तथा नगर कमिटिका सल्लाकार चन्द्र सापकोटाले गरेका हुन् । सम्वन्धित नगरपालिका, गाउँपालिका तथा पर्यटन व्यवसायी संघको अगुवाईमा, किसान, कृषि सहकारी, व्यवसायी, सञ्चारकर्मी, कलाकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक अगुवा र विषयगत जानकार बीच भएको वृहत छलफल र बहसको निचोडका रुपमा सुुकुटे घोषणा–पत्र तयार गरिएको उनले बताए । जलस्रोत, पर्यटन, कृषि र व्यापारको अपार सम्भावनालाई समृद्ध सिन्धुपाल्चोक बनाउने मूल लक्ष्य र उद्देश्यलाई आधार मानेर तयार गरिएको घोषणापत्रले सुकुटेले पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दिर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशानिर्देशन गर्ने विश्वास लिन सकिने घोषणा पत्रमा उल्लेख छ ।
यस्तो छ १० बुँदे घोषणापत्र–

प्रथम सुकुटे महोत्सव २०७६
सिन्धुपाल्चोक
सुकुटे महोत्सवमा जाऔं, भ्रमण बर्ष २०२० सफल पारौं
सुकुटे घोषणा–पत्र

१.सुकुटे र आसपासकाक्षेत्रमा कृषिजन्य बस्तु उत्पादनका लागि स्थानीयतहको अगुवाइमा कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय सरकारले गुणस्तरीय तरकारी, मासु, दग्ुधजन्य लगाएत अन्य कृषि उपज उत्पादनमा कृषकलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नेछन् । कृषकका उत्पादन गर्न बजारीकरण गर्न भोग्नु पर्ने समस्या सम्बोधन गर्न स्थानीय सरकारको नेतृत्वमा स्थापना गरिने संकलन केन्द्रमा कृषकका उत्पादन संकलन गरिनेछ । कृषकलाई उचित मूल्य उपलब्ध गराएर संकलन गरिने कृषकका उत्पादनलाई आसपासका सबै होटलमा खपत गराइनेछ । कृषि र पर्यटन व्यवसायलाई जोडेर किसानको आयआर्जनको एउटा बलियो र भरपर्दो आधार बनाइनेछ । पर्यटक आगमन बढदा कृषकले प्रतिफल पाउने प्रणालीको विकास गरिनेछ ।
२.होटल तथा रिसोर्ट आसपासका क्षेत्रमा होम–स्टे,फार्म स्टे र अर्गानिक भिलेजको अवधारणालाई प्रोत्साहन गरिनेछ र होटल, रिसोर्ट तथा पर्यटनसंग सम्वन्धित व्यवसायलाइ दिगो संचालनका लागि नीति निर्माण गरी स्थानीयतह मार्फत नियमन गरिनेछ ।
३. नदी संरक्षण र पर्यटनलाइ व्यवस्थित गर्न करिडोर हरियाली अभियान सहित जैविक विविधता र पर्यावरण संरक्षण गरिनेछ साथै निश्चित क्षेत्रलाइ र्याफ्टिङ जोनको रुपमा विकास गरी नदीजन्य उत्खननलाइ वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
४.माझी समुदायलाई केन्द्रमा राखेर अन्य जातजाती समेतको पहिचान रहने गरी स्थानीयकला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ साथै होटल तथा रिसोर्टका मेनुमा पनि स्थानीय परिकारलाई समावेश गरिनेछ ।
५.व्यावसायीको लगानी सुरक्षित गर्न लगानी मैत्री वातावरण सिर्जनागरिनेछ । विशेषगरी लगानीका लागि चाहिने सुरक्षा र विश्वासको परिस्थिति बनाउन सयम–समयका सरोकारवालासँग छलफल चलाइनेछ ।
६.सुकुटे जलविहारको सुन्दर हव भएकाले यसलाइ आधार मानेर सिन्धुपाल्चोकका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्याकेज तयार गरी प्रचार प्रसार गरिनेछ ।
७.पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधारहरु निर्माण गर्ने र सांस्कृतिक क्यालेण्डर तयार गरिनेछ । स्थानीय संस्कृतिमा रमाउने गरी पर्यटकलाई आकर्षित गर्ने नीति योजना र कार्यक्रम बनाइनेछ ।
८.नेपाल पर्यटन बोर्डको समन्वयमा त्यगचष्कm ध्भदकष्तभ, म्ष्नष्तब िःबचपभतष्लन र सुचना केन्द्र निर्माण गरिनेछ ।
९.सुकुटेलाइ केन्द्रविन्दु मानेर यस क्षेत्रलाइ पर्यटकीय हवको रुपमा विकास गर्न एक पर्यटन प्रवद्र्धन विकास समिति गठन गरिने छ ।
१०.उल्लेखित सवै प्रतिवद्धता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनेछ । पर्यटन प्रवद्र्धनका एकीकृत कार्यक्रम अघि बढाउन सरोकारवाला सवैको सामूहिक प्रयासमा जोड दिइनेछ ।

अमानसिं तामाङ (प्रमुख) चौतारासाँगाचोकगढी न.पा., केदार क्षेत्री (अध्यक्ष) बलेफी गा.प, श्रवणकुमार जि.सी. (अध्यक्ष) सुनकोशी गा.प, नारायण श्रेष्ठ (अध्यक्ष), सिन्धु पर्यटन व्यवसायी संघ, सि.पा

मितिः २०७६ फागुन २० गते मंगलबार
सुकुटे, सिन्धुपाल्चोक