‘संविधान संशोधन गर्न नहुने कुनै बाईबल ग्रन्थ होईन’–प्रचण्ड

१७ फागुन, सुकुटे (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन गर्न नहुने कुनै बाईबल ग्रन्थ नभएको जिकिर गरेका छन् ।
‘सुकुटे महोत्सव’ का सन्दर्भमा सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन् । आजबाट सुरुवात हुने सुकुटे महोत्सवका सन्दर्भमा प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले संविधान संशोधन गर्न नहुने कुनै कारण नभएको तर्क पेश गरे । ‘संविधान संशोधन गर्न नहुने कुनै बाईबल ग्रन्थ होईन’, प्रचण्डले भने । सञ्चारकर्मीले राखेको जिज्ञासाका सन्दर्भमा अध्यक्ष प्रचण्डले वामदेव गौतमलाई संविधान संशोधन गरेर भएपनि लैजाने कुरामा प्रचण्डले भने–‘हारेको भन्ने एउटा तर्क चाँही हो तर चुनाव हार्नुमा जनताले अन्तिम फैसला गरेको अर्थ लगानु हुँदैन ।’ कानुनी अर्थमा भएपनि राष्ट्रको निम्ति योगदान गरेको सबै जनताले जाने बुझेको नेताले चुनाव हार्दैमा राष्ट्रिय सभामा लान नहुने कुनै तर्कसंगत नभएको उनले जिकिर गरे ।

विगतमा माधवकुमार नेपाललाई चुनाव हार्दा पनि संसदमा ल्याएको घटना बारेमा स्मरण गर्दै अध्यक्ष प्रचण्डले वामदेव गौतम जस्तो व्यक्तिलाई राष्ट्रिय सभामा ल्याउन कुनै समस्या नहुने बताए । संविधानलाई कुनै सर्त बनाउन नहुने उनले बताए । संविधान संशोधन यसअघि दुईचोटी भईसकेको हुनाले यसपाली गर्न नुहने कुनै कारण नभएको जिकिर गरे । एमसिसिका सन्दर्भमा सञ्चराकर्मीले राखेको जिज्ञासाका सन्दर्भमा प्रचण्डले राष्ट्रको हित विपरित रहेर कुनै मुलकले राखेको शर्तलाई मान्न नसकिने उनले बताए । ‘अमेरीका संग नेपालले सहयोग लिन र सहकार्य गर्न चाहेको तर सबै कुरा मान्न पर्छ भन्ने छैन’, उनले भने । एमसिसि संशोधन गरेर मात्र अगाडि बढ्न सक्ने उनले संकेत दिए । तातोपानी नाकाको सन्दर्भमा पत्रकारहरुको राखेको थप जिज्ञासाका बारेमा अध्यक्ष प्रचण्डले तातोपानी नाका खुलाउने सन्दर्भमा विगमा राष्ट्रपति र आफ्नो प्रयत्नद्वारा आंशिक रुपमा भएपनि खुलाईएकोले आगमी दिनमा पूर्ण रुपमा नाका खुलाउन प्रयत्न गर्ने उनले बचन दिए ।
प्रचण्डद्वारा आज उद्घाटन हुने सुकुटे महोत्सव २० गते सम्म चल्ने छ । चौतारासाँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिका प्रर्वद्वक रहेको महोत्सवको आयोजक सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोक रहेको छ ।