दोस्रो राष्ट्रपति रनिङ शिल्ड हरिसिद्वि माविलाई

फागुन १५, अत्तरपुर (सिन्धुपाल्चोक) । लिसंखु पाखर गाउँपालिकाको आयोजनामा भएको गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ककलिङ हरिसिद्वि माविले प्राप्त गरेको छ ।
रमा मावि अत्तरपूरमा हिजो भएको रनिङशिल प्रतियोगिता आज समापन भएको हो । समग्र प्रतियोगितामा ७ स्वर्ण पदक सहित श्री ककलिङ हरिसिद्धि मावि प्रथम, भएको हो । त्यस्तै ६ स्वर्ण पदक सहित श्री बुद्धोदय मावि द्वितीय र ४ स्वर्ण पदक सहित श्री घिच्चेत उसिदुम मावि तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

लिसंखुपाखर गाउँपालिकाका ११ वटा मावि रहेकोमा ९ वटा माविले भाग लिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका खेलाडीहरुलाई कार्याक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कमल नेपाल तथा प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । समापन कार्यक्रलाई सम्बोधन गर्दै पालिका अध्यक्ष नेपालले खेल क्षेत्रको विकासको लागि गाउँपालिका निरन्तर लागी पर्ने बताए । त्यस्तै कार्यक्रमका विशेष अतिथि पालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले खेल क्षेत्रको विकास र खेलाडीहरुलाई हौसला प्रदान गर्न पालिकाले स्थानीय स्तरसम्म लगानी गरेको बताए ।