सुकुटे महोत्सवको पूर्व सन्ध्यामा राफ्टिङ तथा क्याकिङ प्रतियोगिता सुरु

१० फागुन, सुकुटे (सिन्धुपाल्चोक) । जिल्लाको सुकुटेमा हुने ‘सुकुटे महोत्सव’ को पूर्व सन्ध्यामा राष्ट्रिय ¥याफ्टिङ तथा क्याकिङ प्रतियोगिता सुरु भएको छ । प्रचण्डद्वारा १७ गते उद्घाटन गरेर चारदिन सम्म गरिने ‘सुकुटे महोत्सव’ लाई लक्षित गरी तीन दिने राष्ट्रिय ¥याफ्टिङ तथा क्याकिङ प्रतियोगिता भोटेकोशी नदिमा आजबाट सुरुवात गरिएको हो । बलेफी नजिकै रकरिभर साईड रिसोर्ट रहेको स्थानबाट क्याकिङ प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगिताको उद्घाटन बागमति प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले गरेका हुन् ।

नाराका पूर्व अध्यक्ष मिनबहादुर मगरलाई वोटको नाउ थमाएर खेलको सुरुवात गरिएको थियो । क्याकिङ प्रतियोगिता सुरु भन्दा अघि औपचारिक कार्यक्रम गरेर प्रतियोगिता गरिएको थियो ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै बागमति प्रदेशका सांसद नेपालले ¥याफ्टिङको लागि विश्वकै सातौं स्थानमा पर्ने भोटेकोशी नदिलाई संरक्षण गर्नु पर्नेमा जोड दिए । पछिल्लो पटक भोटोकोशी नदिको प्राकृतिक सम्पदा माथि भएको अराजकतालाई अन्त्य गर्न कानुनी रुपमै समाधान गर्न प्रदेश सरकार लागिरहेको उनले बताए । ’नदिको चरम दोहन भएका कारण राफ्टिङ व्यवसायमा समस्या उत्पन्न भएको हामीले गहिरो अनुभूति गरेका छौं’, प्रदेश सांसद नेपालले भने’, अब यसलाई कानुनी रुपमै समाधान गर्ने हाम्रो प्रयास छ‘,। राफ्टिङको लागि प्रख्यात भोटेकोशी नदिको आवश्यक पूर्वाधारको लागि प्रदेश सरकार र स्थानीय सरकारले लगानी बढाउनपर्नै उनले बताए ।

कार्यक्रममा नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा) का उपाध्यक्ष मेघ आलेले राफ्टिङको लागि विश्वको सातौं स्थानमा पर्ने भोटेकोशी नदिको संरक्षणको सवाल निकै जटिल भएको बताए । जलविद्युतको नाममा तथा नदि दोहनले भोटेकोशीको अस्तित्व नाश हुँदै गएको उनले बताए । नाराले नेपालको राफ्टिङ व्यवसायलाई अन्तराष्ट्रिय रुपमै चिनाउनको लागि आगमी वर्षमा विश्वकै सबैभन्दा लामो राफ्टिङ १ सय ४२ किमी रहेको कर्णालीमा गराउने उनले जानकारी दिए ।

’सुकुटे महोत्सव‘ को आयोजक रहेको सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठले राफ्टिङको लागि प्रख्यात सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा पहिचान गर्नको लागि सुकुटे महोत्सव आयोजन ागर्न लागिएको बताए । सोही महोत्सवको पूर्व तयारीको लागि तिनदिने राफ्टिङ तथा क्याकिङ प्रतियोगिता सुरुवात गरिएको उनले बताए । उक्त प्रतियोगितामा प्रथम हुने प्रतियोगिलाई विश्व स्तरीय खेलमा भाग लिन पाउने उनले बताए । तिनदिन सम्म हुने राष्ट्रिय राफ्टिङ तथा क्याकिङ च्याम्पिएनसिप २०२० प्रतियोगिताको पहिलो दिन क्याकिङ प्रतियोगिता भएको हो । जसमा २५ खेलाडीले भाग लिएका छन् । त्यस्तै राफ्टिङको लागि २२ खेलाडीले भाग लिएको उनले बताए । १७ गतेबाट सुरु हुने सुकुटे महोत्सवको आवश्यक तयारीको लागि युद्वस्तरमा काम भईरहेको उनले बताए । प्रतियोगिता सुरुवातको पहिलो दिन स्थानीय तहका जनप्रतिनिधि पत्रकार लगाएतको सहभागिता रहेको थियो ।