साहु माहाजनले टेरेनन्, हामी जसरीपनि बजारको अवरोध हटाई छाड्नेछौं

अन्र्तवार्ता

निमफुञ्जो शेर्पा (मेयर) बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक

पछिल्लो समय बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पा निकै चर्चामा रहे । खासगरी बाह्रबिसे बजारलाई सुन्दर, सफा र चिटिक्क बनाउने उनको सपना थियो । त्यसको लागि सडकको मापदण्ड मिचेर बनाईएका घरटहरा तथा अन्य अवरोध हटाउन पर्ने थियो । कानुनको परिधिमै रहेर कार्यपालिकाका सबै सदस्यलाई सहमति गरेर उनले प्रक्रिया अगाडी बढाए । तर नेपाली कांग्रेसका स्थानीय नेता तथा एकाध जनप्रतिनिधि त्यसका वाधक बने । नगरपालिका तोडफोड र तालाबन्दी समेत भयो । दोहोरो भिडन्त हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै कफ्र्यू समेत लगाईयो । अन्ततः दुवैपक्षबीच वार्ता भयो, छानविन समिति बनाएर हटाउन बाँकी रहेका अवरोध हटाउने भनिए पनि कुनै कार्यान्वयन हुन सकेन । १ गते सम्म राखिएको समय गुज्रिएको छ । नगरपालिका अब कसरी अगाडी बढ्छ या पछि हट्छ ?, तथा नगरका भावी रणनीतिका सम्बन्धमा नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासंग सिन्धुज्वालाका सम्पादक दिनेश दुलालद्वारा गरिएको छोटो कुराकानीको सम्पादित अंश–सम्पादक
१) बाह्रबिसे बजारलाई व्यवस्थित बनाउन निकै संघर्ष गर्नुप¥यो के छ पछिल्लो अवस्था ?
बाह्रबिसे बजारलाई धुलोमुक्त तथा राम्रो बनाउने अभियानले जसरी हामी लागेका थियौं । तर यहाँहरुले देखिहाल्नुभयो बजारलाई राम्रो बनाएको देख्न नचाहानेहरुले नारा जुलुस गरे । त्यसपछि विवाद अन्त्य गर्न सडक डिभिजन, प्रमुख जिल्ला अधिकारी, एसपी लगाएत बसेर सहमति पनि बनायौं । जस अनुसार सडम मिचेर बनाईएका घरको छत, ग्यारेज, फलामका ट्रस्टहरु भत्काउन भनेर १५ दिनको म्याद दिईएको थियो । फागुन १ गते सम्मको लागि म्याद थियो, त्यो म्याद सकिएको छ । तर बजारका साहु माहाजनहरुले टेरेनन्, समस्या ज्युँका त्युँ छ ।
२) घरटहरा हटाएको निहुमा केही पक्षले नगरपालिकामा ताल्चा लगाउने र कफ्र्यू समेत लगाउन पर्ने अवस्था सिर्जना भयो । पछि फेरी वार्ताद्वारा सहमति

भएको कुरा बाहिर आएको थियो । फेरी पनि त्यस्तै अवस्था आउने भो त ?
यहाँले भनेको कुरा साँचो हो । केही समय अगाडी बाह्रबिसे नगरपालिकाले यो अवस्थाको सामाना गर्नुप¥यो । जाहाँ सम्म सडकको कुरा हो, यो राज्यले बनाएको नीति नियम हो । बाह्रबिसे नगरपालिकाले बनाएको नीति नियम होईन । राज्यको नीति नमान्ने केही व्यक्तिहरु आउलान् । तर अब सुरुवात गर्दा त्यस्तो अवस्था नआउला भन्ने लाग्छ मलाई । नगरपालिकामा असहमति राख्न सकिन्छ । त्यसको वार्ताद्वारा समाधान गर्न सकिन्छ । यहाँले देखिहाल्नु भयो अघिल्लो पटकको घटना । सिसी क्यामाराले समेत कैद गरेको छ । कार्यालय बन्द रहेको अवस्थामा कार्यालयमा छिरी तोडफोड गरेर ताल्चा लगाउने सम्मको हर्कत भयो । यो अवस्थामा स्वभाविक रुपमा सकारात्मक कामका पक्षधर युवाहरुले प्रतिरोध गर्ने कुरा हुन्थ्यो त्यहि भएर जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो । अव त्यस्तो अवस्था नआउला भन्ने लाग्छ ।

३) जुन जिल्ला प्रशासन कार्यालयको रोहोबरमा दुवैपक्ष बसेर बजारको जाँचबुझ अनुगमन समिति बनाईएको थियो । त्यो समितिले कतिको प्रभावकारी काम ग¥यो ?
यहाँलाई थाहा नै छ केही जनप्रतिनिधिनै आफु नगरको वैठकमा सहभागी हुने अनी बजारको अवरोध हटाउन पर्छ भनेर निर्णय पनि गर्ने त्यहि व्यक्ति फेरी आफैं हटाउन हुँदैन भनेर नारा जुलुस गर्ने यस्तो दोधारे चरित्र देखियो । वार्ताद्वारा दुवैपक्ष सम्मिलित समिति बनाईयो । सोही समितिले हटाउन बाँकी रहेका अवरोध हटाउन भनिएपनि कार्यान्वयन भएन् । जसरी वार्ताको क्रममा ज्ञानेन्द्र श्रेष्ठ र हरिशरण श्रेष्ठ जस्ता मान्छेलाई अगाडी सारिएको छ । त्यस्ता मान्छेले निर्णय गरेका कुरा कार्यान्वयन गर्छन् भन्ने कसैलाई पत्यार नै थिएन नभन्दै तिनले सिन्को भाँचेनन् । त्यसमाथि बजारका साहुमाहाजनहरुले अवरोध हटाउन टेरेनन् । अब हामी जस्तो मूल्य चुकाएर भएपनि हटाई छाड्ने छौं ।

४) बजारमा बाँकी रहेका अवरोध पनि हटाउने भन्ने जुन सहमति भएको थियो १५ दिन सम्म कार्यान्वयन नभएपछि अब कसरी कार्यान्वयन होला त ?
अवश्य हामी गरी छाड्छौ । पहिला जे जस्तो भएपनि जिल्ला प्रशासन कार्यालय यसमा कटिवद्व छ । सिडियो साप तथा एसपी साप लगाएतको अगुवाईमा सुरक्षाकर्मीहरु आउनुहुनेछ । हामीले सडक डिभिजन कार्यालय चरिकोटलाई पनि बोलाएका छौं । कानुनले निर्धारण गरेको मापदण्ड अनुसार मिचिएका सडक खाली गर्नेछौं । नटेरे जरिवाना गछौं, प्रतिरोध गर्न आए कानुनसम्मत ढंगले कारवाहीको लागि सिफारिस गर्नेछौं ।

५) सहजताका साथ सडक खाली गर्ने जुन उद्देश्य राखेर यहाँले पहल लिनु भएको थियो, त्यति सहज भएननी ?
यहाँले ठिकै भन्नु भयो त्यति सहज छैन् । तर सहज काम त जस्ले पनि गर्न सक्छनी । जहाँ अपठ्यारो र चुनौति छन् त्यस्तो ठाउँमा अडिएर काम सफल गर्न सक्नु नै ठूलो उपलब्धी हो । त्यसकारण समस्या आउँदैमा म निराश भएको छैन् । किनभने हामीले नराम्रो काम थालेका होईनौं । एकाध विरोधी मान्छे बाहेक आम जनता र भाईसाथीहरुले साथ दिनु भएको छ । हौसला दिनु भएको छ । बजारकै कुरा गर्नुहुन्छ भने मैले माथि नै उल्लेख गरिसकेकी बजारका धनाढ्य र साहु माहाजनहरुले असहयोग गरेपनि अधिकांश बजारबासीको समर्थन र साथ छ । मापदण्डकै कुरा गर्नुहुन्छ भने यो २०३० सालमै राजपत्रमै उल्लेख भईसकेको कुरा हो । अरनिको हाईवेमा २५ मिटर भित्र घर बनाउन पाईदैन भनेर नेपाल सरकारले तोकेको कुरा हो । हामीले बनाएको नियम होईन हामी स्थानीय सरकार त्यसलाई कार्यान्वयन गर्ने निकाय मात्र हो । आखिर हामी स्थानीय तहको विकास र समृद्वि चाहान्छौ भने सडक चाँही मिचेर धनीमानीले भाडा लिन पाईन्छ भन्ने कुरा जायज हुनसक्छ र ?
६) संधै विरोधी पक्षसंग पैठेजोरी खोजेर मात्र सम्भव नहोला नी, अब यसको उपाय के खोज्नु भएको छ ?
उपाय भनेको कार्यान्वयन गर्ने कुरा नै हो । नगरसभाबाट हामीले सडकका सन्दर्भमा निर्णय गरिसकेका छौ । गलत निर्णय हो भने सच्याउन आवश्यक छ तर यो निर्णय सान्र्दभिक, बस्तुवादी र वैज्ञानिक छ भनेर नै हामीले यो अडान लिएका छौं र जसरी पनि कार्यान्वयन गरिछाड्ने छौं ।
७) यहाँलाई यहाँकै पार्टीका जिम्मेवार नेताले विरोध जनाएर असहयोग गरेका छन् भन्ने सुनिन्छनी खास के हो ?
अन्य कुनै विषमा केही साथीहरुसंग मतमतान्तर भए अलग कुरा हो तर बाह्रबिसे बजारको अवरोध हटाउने विषयमा हाम्रै पार्टीका कार्यकर्ताले विरोध गरेको जस्तो लाग्दैन । बजार भित्र मापदण्ड भित्र परेका केही साथीहरुको असन्तुष्टि रह्यो होला । हामीले कम्युनिष्ट, कांग्रेस या अन्य कुनै दल भनेर हेरेका छैनौं । सबैलाई बराबरी नै गरेका छौं । त्यस्तो समस्या छ जस्तो लाग्दैन ।
८) अब नगरपालिका कसरी अगाडी बढ्ला भन्ने लाग्छ ?
निश्चय नै बाह्रबिसे नगरपालिका हरेक हिसाबमा सक्षम छ । सोही अनुसार निरन्तर अगाडी बढिरहेको छ । सर्वप्रथम हामीले बाह्रबिसे नगरपालिकालाई जिल्लाकै शैक्षिक क्षेत्रको नमुना पालिका बनाउने उद्देश्यले मन्टेश्वरीको अवधारणा ल्याएका छौं । यो १२ वटा स्थानीय तहकै पहिलो अभ्यास हो जस्तो लाग्छ मलाई । बाह्रबिसे बजारलाई सुन्दर र ऐतिहासिक बजारको रुपमा विकास गर्ने योजना छ । जसअनुसार बजारमा सोलार बत्ति, सिसि क्यामारा लगाएत आधुनिक बजारको रुपमा विकास गर्ने योजना रहेको छ । त्यस्तै जनताको विकास निर्माणको लागि खर्चिएका छौं । युवाहरुलाई कसरी विदेश पलाएन हुनबाट रोकेर यहि रोजगार दिन सक्छौ । त्यतातिर हामीले योजना बनाएका छौं । जनताको सेवामा चुस्त र छिटो छरितो गर्ने, सर्वसाधारण जनताको जिवनस्तर उकास्न आयआर्जनका कामहरुलाई अगाडी बढाउने योजना रहेको छ । त्यस्तै सर्वसाधारण जनतालाई स्वास्थ्यमा पहँुच पु¥याउनको लागि बाह्रबिसेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्तिमा १५ शैयाको अस्पतालको रुपमा विकास गर्ने हाम्रा यो वर्ष भित्रका योजनाहरु छन् । हामीले यो क्षेत्रको भयाैलीकुण्ड लगाएत पर्यटकीय क्षेत्र, मठ मन्दिर, गुम्बा र चर्च लगाएत ऐतिहासिक सम्पादाको पनि संरक्षण गर्ने योजना बनाएका छौं ।
९) अन्तयमा यहाँको भनाई केही छ की ?
सबै कुरा मैले माथि नै उल्लेख गरिसके जस्तो लाग्छ । नगरबासी दाजुभाई तथा दिदिबहिनीहरुमा मेरो अनुरोध के छ भने तपाईहरुको साथ बिना हामी जनप्रतिनिधिहरुको प्रयासले मात्र केही हुनेवाला छैन् । यो नगरको विकासको लागि सम्पूर्ण जनताको साथ र सहयोग चाहिन्छ । कुनै समस्या र अन्यायमा हुनुहुन्छ भने आउनुहोस कति समय लाग्छ बसेर गहन छलफल गरौं । अवश्यनै हामी समाधानको बाटो अवलम्बन गर्नेछौं । तर चोरबाटो र झ्यालबाट छिरेर राजनीति प्रतिशोधको आधारमा कसैले बदनाम गर्न खोज्छ र राम्रो कामलाई अवरोध पु¥याउन खोज्छ भने हामी डटेर सामाना गर्नेछौं । धन्यवाद ।