‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गर्न अहिलेको मुख्य चुनौति हो’, मन्त्री दुलाल

३ फागुन, धुलिखेल (काभ्रे) । बाग्मति प्रदेशका सामजिक विकास मन्त्री युवराज दुलालले मुलुकको अहिलेको मुख्य चुनौति भनेको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्वि कसरी गर्न सकिन्छ भन्ने सबाल रहेको बताएका छन् । शनिबार सेतीदेवी भूपू विद्यार्थी समाजले धुलिखेल हाईटमा आयेजना गरेको समाजको भेला तथा बनभोज कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री दुलालले अब विद्यालयको लागि भौतिक पूर्वाधारको आवश्यकता नरहेको बताए ।

भूकम्प पश्चात सिन्धुपाल्चोकमा विद्यालयको सुविधा सम्पन्न भौतिक पूर्वाधार बनिसकेको उल्लेख गर्दै मन्त्री दुलालले भने, ‘अहिलेको हाम्रो चुनौति भनेको गुणस्तरीय शिक्षा अविवृद्वि गर्ने नै हो’ । यसको लागि सबैको मिहिनेत र साझा बुझाई आवश्यक रहेको उनले औंल्याए । ‘हिजो गाउँगाउँमा खोलिएका विद्यालयहरु विद्यार्थी विहिन भएर भग्नावेशमा परिणत हुन लागेका छन्, अव विद्यालय मर्ज हुनआवश्यक छ’, दुलालले भने । वालवालिकाको भविश्यको लागि विद्यालयहरु घटाएर स्रोत, साधन र जनशक्तिलाई केन्द्रिकृत गर्नुपर्ने उनले जोड दिए । सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने केन्द्रको रुपमा ठूलोसिरुवारीलाई विकास गर्न सकिने उनले बताए । प्रदेश सरकारले शैक्षिक गुणस्तर सुदृढ भभियान सञ्चालन गरेर पूर्वाधार लगाएत आवश्यक सामग्रीहरु वितरण गर्न लागेको समेत उनले बताए । पूर्व विद्यार्थी समाजले विद्यालयको शैक्षिक विकासको लागि दृघकालिन सहितको खाका बनाउन पर्ने उनले सुझाव दिए । वडा नम्बर १३ को महत्वपूर्ण दुईवटा आवश्यकता गुणस्तरीय शैक्षिक विकास र झ्याडी सम्म कालोपत्रेको लागि आफ्नो प्राथमिकता रहेको उनले बताए ।

कार्यक्रमका विशेष अतिथि रहेका १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले ठूलोसिरुवारीलाई अन्य पुर्वाधारको विकास जस्तै शैक्षिक क्षेत्रको विकास गराई प्रतिवद्वता जनाए । सेतीदेवी भूपु विद्यार्थी भेलाले सागर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष क्रमशः तारादेवी राना, दयालक्ष्मी श्रेष्ठ, रमेश गौतम र अर्जुन पुरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा अन्जु नेपाल भण्डारी, अम्विका गौतम श्रेष्ठ, प्रिनायक तामाङ र अर्जुन गहतराज रहेका छन् । यसैगरी भेलाले शिव केसीको संयोजकत्वमा ११ सदस्यीय सल्लाकार समिति चयन गरेको छ । जसमा ईन्द्रबहादुर नेपाल, हरिविक्रम नेपाल, नारायण गौतम, झलकबहादुर नेपाल, शुक्रराज प्याकुरेल, जनर्दन फुँयाल, दुर्गा ढुङ्गेल, ठाकुर गिरी, बिमला श्रेष्ठ र गुनकेशरी श्रेष्ठ चयन भएका छन् । भेलाबाट निर्वाचित विद्यार्थी समाजका अध्यक्ष सागर श्रेष्ठले आफ्नो कार्यकालमा अध्यक्षको हैसियतले सेतीदेवीको शैक्षिक गुणस्तर वृद्विमा योगदान गर्ने प्रतिवद्वता जनाए ।
विद्यार्थी समाजले शैक्षिक तथा सामजिक सेवामा योगदान गरेको भन्दै सेतीदेवीका पूर्व प्रअ शिवबहादुर केसीलाई सम्मान गरेको छ ।