‘सामाजिक कार्यमा क्रियासिल संस्थालाई जतिसुकै सहयोग गर्न तयार छु’–मेयर थापा

३ फागुन, धुलिखेल (काभ्रे) , सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सामाजिक कार्यमा क्रियासिल संस्थालाई नगरले जतिसुकै तयार गर्न रहेको बताएका छन् । नगरपालिकाको वडा नम्बर ८ अन्र्तग सिपाडोलमा रहेको सामजिक संस्था परोपकार समाजले शनिबार धुलिखेल हाईटमा आयोजना गरेको संस्थाको दोस्रो वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर थापाले सिपाडोल क्षेत्रमा रहेको परोपकार संस्थाले विभिन्न मानवीय सेवामा योगदान गरेको चर्चा गर्दै आफुले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्वता जनाए ।

‘तपाईहरुको परोपकार संस्था छोटै समयमा मानवीय कार्यमा तल्लिन भएको मैले पाएँ, नगरको तर्फबाट आवश्यक सहयोग र बजेट मैले सहयोग गर्नेछु’, नगरप्रमुख थापाले भने । सूर्यविनायक नगरपालिकाले जनताका आवश्यकता शिक्षा, स्वास्थ्य, मठमन्दिर सडक लगाएत क्षेत्रमा लगानी गर्ने भएकोले सामजिक क्षेत्रमा क्रियासिल संस्थालाई पनि आवश्यक बजेट सहयोग गर्ने बताए । ‘यो पवित्र सामजिक संस्थाकाे कुनै पनि कार्यक्रम गर्नुप¥यो भने नगरपालिकामा आउनुहोस, हामी सहयोग गर्न तयार छौं’, मेयर थापाले भने । संस्थाको भवन निर्माणको लागि समेत नगरले सहयोग गर्ने उनले बचन दिए । आगमी वर्षको लागि समेत संस्थाले मास्टर प्लान बनाएर सहयोग माग्न उनले सुझाव दिए ।

कार्यक्रममा ८ नम्बर वडाका वडाअध्यक्ष किरण थापाले संस्थाको दोस्रो वार्षिक साधारणसभाको सफलताको शुभकामना दिंदै परोपकारलाई वडाकै नमुना संस्थाको रुपमा विकास गरिने बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक बालकृष्ण सापकोछाले संस्थालाई मानवीय र पवित्र संस्थाको रुपमा स्थापित गर्न चाहेको बताए । कार्यक्रमका सभापति रहेका संस्थाका अध्यक्ष मणिरत्न बर्जचार्यले सिपाडोल क्षेत्रभरिलाई नै समेटेर परोपकालाई जनताको मनमुटुमा रहने खालको वातावरण बनाउने प्रतिवद्वता जनाए ।

कार्यक्रममा समाजको लागि योगदान पु¥याउने विभिन्न व्यक्ति व्यक्तित्वहरु तथा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
उक्त संस्थाको हालसम्म एकसय जना साधारण सदस्यहरु रहेको कोषाध्यक्ष बोजबहादुर थापाले जानकारी दिए । संस्थाको आय–व्याय संस्थाका कोषाध्यक्ष पुस्कर भण्डारीले गरेका थिए ।
यसैबीच परोपकार संस्थाको आफ्नै भवन निर्माणको लागि सोही कार्यक्रममा डेडलाख चन्दा संकलन गरेको छ । संस्थाका अनुसार सबैभन्दा बढि संरक्षक बालकृष्ण सापकोटाले ५१ हजार र संस्थाका उपाध्यक्ष हेम सापकोटाले ३० हजार दान गरेका छन् ।