’जनयुद्व तिमीलाई शुभकामना छ‘

विन्दु थामी ’श्रद्वा‘

परिवर्तनको विशाल लक्ष्य बोकी
यो देशको मुहान फेर्न
गरिबहरुको ओठमा हाँसो हेर्न
न्यायमूखि सन्तान बनी
देशको काखमा जन्मियौं जनयुद्व तिमी
र त निशाचार कालरात्रीहरुमा
चम्कियौ जुन तारा बनी
संघर्षको अनवरत यात्राहरु
अन्या र अत्याचारको पर्खालहरु तोड्दै
शक्तिशाली आँधी तुफान बनी
बेगियौ पूर्व मेची देखि पश्चिम महाकाली सम्म
त्यसैले त अमर र अजम्बरी गन्तव्यमा पुग्यौ ।
धन्य छौं जनयुद्व तिमी धन्य छौ
रोहेकाहरुलाई हँसाई देउ
भोकाहरुलाई भोक मेटाई देउ
नाङ्गाहरुलाई कपास मिलाई देउ
जन्म दिनको अवरमा लाखैं यहि छ शुभकामना ।
संसारलाई आफ्नो अस्थित्वको वोध गराउँदै
तिमी कहिल्यै भाताभुङ्ग भएर हारिनौं
हारमा पनि शिर ठाडो पारेर
अनगिन्ति पाईलाहरुमा बढिरह्यौ
त्यसैले त क्षितिज सम्म पु¥यायौ
राजतन्त्र ढालेर गणतन्त्र ल्यायौ
र त पच्चिसौं बसन्त सम्म पनि
लालझण्डा फहराउँदै
उत्साह र उमङ्गको दीप बाल्यौ
यसैगरी अब उज्यालोलाई पछ्याउँदै
अंध्यारोलाई पन्छ्याउँदै
कालापानी, नालापानी
जोगाउ बचाउ
जन्म दिनको अवसरमा अनगिन्ति शुभकामना
जनयुद्व तिमिलाई ।

सर्वहारा वर्गको भूमरिमा
जन्मिएका शिशु तिमी
हारजितको संघारहरु चढ्दै
बाँचिरहयौं ईतिहाँसमा
कहिल्यै नमेटिने नाम लेखायौं
त्यसैले,
एकचोटी गरिबको सुख र वेदनालाई
फर्कि हेर जनयुद्व
२५ औं बसन्तको यहि छ शुभकामना ।