प्रभावकारी बन्दै हेलम्बुको ‘किचेन गार्डेन’

दिनेश दुलाल
माघ २९, किउल (सिन्धुपाल्चोक) हेलम्बु गाउँपालिका–२ भूमेश्वरी मावि किउलमा कक्षा ७ मा अध्यानरत छात्रा लक्ष्मी ज्योेति उमेरले भर्खर १४ वर्ष टेकिन । बाबु आमाको मायाँ ममता र स्याहार सुसारमा रम्ने उमेरमा विद्यालयको पढाई सकेर बाबु–आमालाई नै करेसाबारीमा सहयोग पु¥याउछिन् उनी । विद्यालयको किचेन गार्डेन प्रयोगात्मक अभ्यास सिकेकी लक्ष्मीलाई घर पुग्नासाथ करेसाबारीमा पुगेर बाबु–आमा संगै काम गर्न हतारो हुन्छ । उनी जस्तै सुदिप ज्योति पनि उत्तिनै जागरुक छन् करेसाबारीमा । विद्यालयद्वारा किचेन गार्डेनमा लगाईएको काउली, बन्दाकोभि, प्याज र खोर्सानीको बेर्ना लगाए जस्तै आफुले घरमा पनि सुरुवात गरेको सुदिपले बताए । ’प्रयोगात्मक अभ्यास पछि पढाई सकेर घरमा पुग्ने वित्तिकै होमवर्क सकेर बाबुआमालाई करेसाबारीमा सहयोग गर्न जाँन्छु‘, लक्ष्मीले भनिन् । पढाई खर्च जुटाउन आफुले तरकारी व्यवसाय थाल्ने उनले बताईन ।

विद्यालयमा सुरुवात गरिएको किचेन गार्डेनले खाजा कार्यक्रममा आफुले उत्पाद गरेको ताजा तरकारी खाना पाईने, घरमा गएर लगाउन सकिने र भविश्यमा तरिकारी व्यवसाय गर्ने सुदिपको चाहाना छ । लक्ष्मी र सुदिप जस्तै भुमेश्वरीका ६, ७ र ८ का छात्रछात्रा विद्यालयको किचेन गार्डेनमा प्रयोगात्मक अभ्यासमा छन् यतिबेला । किचेन गार्डेनको लागि शिक्षिका रेवती ढकालले सहजीकरण गरिरहेकी छिन् । विद्यार्थीहरुलाई प्रयोगात्मक ५० प्रतिशत र शैद्वान्तिक ५० प्रतिशत हुनेभएपछि किचेन गार्डेन विद्यालयको लागि प्रभाकारी बन्दै गएको सोहीका शिक्षक ईश्वर दाहालले बताए ।

हेलम्बु गाउँपालिकाले आफ्ना मातहातका सबै विद्यालयहरुमा अनिवार्य किचेन गार्डेनको अवधारणा ल्याएपछि सबै विद्यालयले किचेन गार्डेनलाई बालबालिकाहरुको प्रयोगात्मक अभ्यासको रुपमा सुरुवात गरेका छन् । बालबालिकाहरुलाई प्रदान गरिएको खाजा कार्यक्रमलाई दिगो व्यवस्थापन र पढाई संगै उत्पादनमुलक काममा जोड्न किचेन गार्डेनको सुरुवात गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सिन्धुज्वालालाई बताए । ’अब बालाबालिकाहरुको पढाई संगै सिप र उत्पादन संग जोड्नुपर्छ भनेर यो अवधारणा ल्याएका हौं‘, पालिका अध्यक्ष शेर्पाले भने । उनका अनुसार हेलम्बु गाउँपालिकामा दुईवटा निजी विद्यालय समेत गरी ३६ वटा विद्यालयमा सो कार्यक्रम लागु गरिएको छ ।

प्रत्येक विद्यालयमा अनिवार्य किचेन गार्डेनका लागि २२ लाख रुपैया लगानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले जानकारी दिए । ’लगानी गरेअनुसार प्रतिफल राम्रै हुने देखिन्छ‘, प्रमुख प्रशासकीय अधिकृत कोईरालाले भने । प्रत्येक विद्यालयमा प्रदान गरिएको खाजा कार्यक्रमसंग किचेन गार्डेनको अवधारणा जोडेर बालबालिकाहरुलाई अर्गाईनिक एवं ताजा तरकारी खुवाउन र सीपलाई विद्यार्थी मार्फत घरघरमा पु¥याउन सकिने उद्देश्यले थालिएको कोईरालाको तर्क छ । सो कार्यक्रमको लागि प्रत्येक विद्यालयमा हेर्ने गरी प्राविधिक टोपबहादुर बराल खटिएका छन् । त्यस्तै प्रत्येक विद्यालयमा किचेन गार्डेनका लागि एक जना फोकल शिक्षिकाको व्यवस्था गरिएको छ । पालिकाद्वारा विद्यालयलाई किचेन गार्डेनको लागि २३ थरिका विउ तथा औजार प्रदान गरिएको कृषि प्राविधिक बरालले जानकारी दिए । उनका अनुसार सबै विद्यालयमा हेर्नेगरी कन्सल्टेन्सीका रुपमा स्थानीय बलबहादुर खड्कालाई जिम्मा दिईएको छ । सिजनल मात्र नभई अफसिजनलमा पनि तरकारी उत्पादन गर्नेगरी फलामे ट्रनेल र १६ मिटर माथि गुमोजको प्रयोग गरिने प्राविधिक बरालले बताए ।
स्मरण रहोस हेलम्बु गाउँपालिकाले सुरुवात गरेको किचेन गार्डेन सम्भवत १२ स्थानीय तहकै पहिलो अभ्यासको रुपमा हेरिएको छ ।