गुम्बामा कोरोना भाईरसको आशंका

माघ २८, ढाँडे (सिन्धुपाल्चोक), जिल्लाको जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस वडा नम्बर ८ को गुम्बा बस्तीमा कोरोना भाईरसको आशंका गरिएको छ । यद्यपि पुष्टि भने अहिले सम्म भएको छैन् ।
सो गाउँमा कोरोना भाईरसको लक्षण संग मिल्ने रुघा,खोकि र अत्यधिक ज्वरोले गाउँ सिङ्गै विरामी परेपछि कोरोना भाईरसको आशंकमा जुगल गाउँपालिकाले जाँचबुजको लागि स्वास्थ्य मन्त्रालयमा पत्रचारनै गरेको छ । माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेकोमा सोमबार सम्म विरामी हुनेको सङ्रख्या ८४ पुगेको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । तर आफुहरु विषयविज्ञ संग नियमित संवादमा रईरहेको र त्यस सम्बन्धी संयमता अपनाइसकिएको हुँदा नआत्तिन अध्यक्ष श्रेष्ठले आग्रह गरे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोलि पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको बताए । प्रमुख प्रशासकीय अधिकृत विकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सम्वोधन गरेर सहयोगका लागि भन्दै लेखिएको पत्रमा भनिएको छ–’जुगल गाउँपालिका वडा नम्बर ३ साविक गुम्बा गाविस वडा नम्बर ८ गुम्बा बस्तीमा मिति २०७६ माघ २७ गते देखि हाल विश्वमा फैलिएको नोबेल कोरोना भाईरसको लक्षणसंग मिल्ने रुघा खोकी र अत्याधिक ज्वोरो जस्ता लक्षणका विरामीहरु देखा परेको हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।‘ तर यता जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले भने कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले गुम्बामा स्वास्थ्यकर्मी सहितको औषधी, माक्स लगाएत सामग्री खरीद गरी पठाईसकिएको बताए । कोरोना जस्तै लक्षण भएपनि अहिल्यै एकिन गर्न नसकिने उनको भनाई छ । विरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ । संक्रमण देखिएकाहरुलाई अरु ब्यक्ती संग सम्पर्कमा नआउन र छुट्ै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
यस्तो छ पत्र

यसैबीच पछिल्लो प्राप्त समाचार अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आवश्यक स्वास्थ्यकर्मी नपठाएपछि गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ आफैं बलेफी गाउँपालिका अन्र्तगत रहेको जलविरेबाट स्वास्थ्यकर्मी लिएर गुम्बा पुगेका छन् । स्वास्थ्यकर्मी सहितको टोली पुगेर विरामीको परिक्षण पछि मात्र वास्तविकता खुल्ने अध्यक्ष श्रेष्ठले सिन्धुज्लालाई बताए ।