मेलम्ची ईन्द्रावती प्रभावित समितिको साधारणसभा सम्पन्न, यस्ता छन् निर्णय

दिनश दुलाल
माघ २६, भिमटार (सिन्धुपाल्चोक) । मेलम्ची ईन्द्रावती उपत्यका सामजिक उत्थान कार्यक्रम सञ्चालन समितिको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भिमटारको भिमेश्वरी माविमा शनिबार भएको साधारणसभा सिन्धुपाल्चोक २ नम्बर प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद तामाङले आगमी दिनमा अधिकारका हिसाबले आयोजना कार्यन्वयनमा समितले नै जिम्मा लिनुपर्ने धारणा राखे उनले तर भोलीका दिनमा रोयल्टी प्राप्त भएपछि गाउँपालिकाको स्वामित्वमा हुनुपर्ने सुझाए । सिन्धुपाल्चोकले काठमाडौंलाई ठूलो गुन लगाएको स्मरण गर्दै सांसद तामाङले प्रभावितहरुले विकास माग्दा कुनै शिर निहु¥याउन नपर्ने तर्क पेश गरे । ‘यति धेरै पानी काठमाडौं लैजाँदा केन्द्र सरकार समक्ष हामीले यो क्षेत्रको विकास माग्दा शिर निहु¥याउनु पर्दैन’, सांसद तामाङले भने ।
कार्यक्रमका विशेष अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङले काठमाडौंमा पानी लैजाँदा प्रभावितहरुलाई गाग्री बोकेर पानीकै लागि संघर्ष गर्नुपर्ने समस्याको अन्त्य हुनुपर्ने धारणा राखे । त्यस्तै कार्यक्रममा ईन्द्रावति गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, नेकपाका अध्यक्ष तथा समितिका संस्थापक अध्यक्ष झम्क नेपाल, कांग्रेस प्रतिनिधि झलकबहादुर नेपाल बिरबहादुर तामाङ, ह्योल्मो समितिका अध्यक्ष उपेन्द्र तामाङ लगाएतले स्थानीय प्रभावित जनताको पक्षमा अडान लिनुपर्ने विचार राखेका थिए ।

समतिका अध्यक्ष विष्णुमणी आचार्यको सभापतित्वमा भएको साधारणसभाले काठमाडौंमा पानी पथान्तरण हुँदा वितरणको आधारमा रोयल्टी तथा प्रभावित प्रत्येक वडासम्म कालोपत्रे गर्ने लगाएत प्रस्ताव पारित गरेको छ । ‘काठमाडौं पानी पथान्तरण हुँदा नाफाको आधारले होईन वितरणको आधारमा रोयल्टी हुनुपर्ने निर्णय गरेका हौ’, अध्यक्ष आचार्यले भने । उनका अनुसार साधारणसभाले साविकका ६ वटा गाविस हालका १३ वटा प्रत्येक वडाको केन्द्रसम्म पुग्ने कालोपत्रे, ईन्द्रावती तटीय क्षेत्रमा वर्षे कटान तथा हिउँदमा सुख्खाका लागि स्थायी समाधान, अल्पसंख्यक माझी दनुवार समुदायको जिविका पार्जनका लागि स्थायी प्रकृतिका कृषि, शिक्षा, स्वास्थ्य लगाएत कार्यक्रममा ध्यान दिनपर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी प्रभावितहरुले मागका सम्बन्धमा थप प्रभावकारिता बनाउना प्रभावित ६ वटा समिति मिलेर सरोकार समिति समेत निर्माण गरेको अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुसार प्रभावितहरुको साझा समतिको संयोजकमा उपेन्द्र तामाङ रहेका छन् । समितले आगमी दिनमा दवावमुलक कार्यक्रम अगाडी बढाउने संयोजक उपेन्द्रले जानकारी दिए । ईच्छाराम दंगालले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य चन्द्र धिमालकोटीले गरेका थिए । सोही कार्यक्रमको अवसरमा भिमटार स्वास्थ्य चौकीलाई समितिको तर्फबाट एम्बुलेन्स हस्तान्तरण गरिएको समितिका अध्यक्ष आचार्यले जानकारी दिए ।
¬