धुस्कुनमा राष्ट्रिय भुकम्प सुरक्षा दिवश मनायो

धुस्कुन (सिन्धुपाल्चोक)
२२औ राष्ट्रिय भुकम्प दिबश २०७६ को अवसरमा त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत महेन्द्रप्रताप मावि र धुस्कुन आविमा शुक्रबार जनचेतनामुलक भव्य कार्यक्रम सम्पन्न भएको छ । “विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न संघ, प्रदेश र स्थानीय सरकार” भन्ने मूल नाराका साथ दुवै बिद्यालयमा भएको छुट्टाछुट्टै कार्यक्रममा प्रतिष्पर्धी बिद्यार्थीहरुले भूकम्पबाट कसरी सुरक्षित हुन सकिन्छ र भुकम्पजन्य प्राकृतिक प्रकोपको न्युनीकरणका लागी के कस्ता पुर्वतयारी र सावधानी अपनाउनु पर्दछ भन्ने बिषयमा सन्देशमुलक लोक गीत, नृत्य र सडक नाटकका माध्यमबाट सन्देश प्रवाह गरे ।
सडक नाटकका क्रममा बिद्यार्थी कलाकारहरुले पुननिर्माणका सम्बन्धमा भएका विसंगति र बिकृतिहरुलाई व्यंगात्मक शैलीमा प्रस्तुत गरीरहँदा दर्शक दिर्घामा हाँसोको फोहरा छुटेको थियो । खासगरी कलाकारहरुले भुकम्प पछिको पुननिर्माणमा प्राविधिक रुपले बलियो घर बनाउन सबैलाई आग्रह गरेका थिए । भुकम्प प्रतिरोधी मापदण्डको वेवास्ता गर्ने र पुननिर्माणमा आर्थिक चलखेल गरेकाहरुको आफ्नै आवास पनि कमजोर भएको र सामन्य भुकम्पले पनि अकल्पनीय क्षति व्यहोर्नुपरेको कारुणीक दृश्यलाई बिद्यार्थी कलाकारहरुले सटिक रुपमा मन्चमा उतारे ।
ग्रामीण महिला सिर्जनशील परिवार र चाईल्डफण्ड जापानको साझेदारीतामा संचालन भईरहेको सुनौलो भविष्यको लागि शिक्षा परियोजनाले सहजीकरण र व्यवस्थापन गरेको उक्त कार्यक्रममा धुस्कुन आधारभूत बिद्यालय र महेन्द्रप्रताप माध्यमिक बिद्यालयमा क्रमश त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी नेपाल र वडा नं ३ का वडाध्यक्ष सुकदेव रिसाल प्रमूख अतिथी एबं चाइल्डफण्ड जापानका परियोजना व्यवस्थापक हिरोयुकी टाकिता बिशेष अतिथीको रुपमा थिए ।

अघिल्लो दिन देखीको निरन्तर बर्षाका कारण प्रतिकुल मौषमका बावजुद जागरण ¥याली सहितका केही निर्धारीत प्रचारमुलक कार्यक्रम संचालन हुन नसके पनि कार्यक्रममा उपस्थित सहभागिहरुको उच्च चासो र सकृयताका कारण कार्यक्रम बाट महत्वपुर्ण सन्देशहरु गीत, नृत्य र नाटक कलाका माध्यमबाट प्रवाह गर्न सफल भएको कुरा महेन्द्रप्रताप माविका प्रधानाध्यपक सुरज भट्टराईले बताए ।
“भुकम्प पछाडी पुननिर्माण ९९ प्रतिशत पुरा भएको अवस्थामा यसखाले कार्यक्रमले बनेका संरचनाहरुको सुरक्षा, सावधानी तथा निर्माण सम्पन्न हुन बाँकी संरचनालाई थप बलियो बनाउन थप सन्देश प्रवाह भएको छ” वडा नं ३ का वडाध्यक्ष सुकदेव रिसालले बताए ।
“प्रतिष्पर्धामा जित्नका लागि बिद्यार्थी भाइबैनीहरुले अथक मेहनत गर्नुभएको रहेछ, यहि सन्देश आ–आफ्नो घरमा र बिद्यालयमा पनि लागु गर्नु होला यसले हामी सबैको भलो हुनेछ” त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी नेपालले बताए ।
यस्तै सन्देशमुलक कार्यक्रम परियोजनाद्धारा विगतमा भवन निर्माण गरी हस्तान्तरण गरिएका बिद्यालयहरु साथै हालै निर्माण कार्य शुरु भएको जनता आधारभूत विद्यालय त्रिपुरासुन्दरी ४ पिस्कर जलजले मा पनि गर्ने योजना रहेको कुरा परियोजना संयोजक हर्क तामाङले जानकारी दिए ।