बजारको अवरोध हटाउँदा कसैलाई अन्याए परे २४ सै घण्टा वार्ता गर्न तयार छु -मेयर शेर्पा

माघ ५, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बाह्रबिसे बजारमा सडक मिचेर बनाईएका अस्थाई टहरा लगाएतका अवरोध हटाउँदा कसैलाई अन्याय परे आफु २४ सै घण्टा पीडित संग वार्तामा बस्न तयार भएको बताएका छन् । बाह्रबिसे नगरपालिकाले शनिबार केही व्यक्तिबाट कार्यालयमा तोडफोड तथा तालाबन्दी गरेपछि उक्त घटनाको सनदर्भमा आयोजित पत्रकार सम्मेलनमा मेयर शेर्पाले उक्त कुरा बताएका हुन् । ’हामीले नेपाल सरकारको नियम र कार्यापालिकाको निर्णय अनसार अनुसार नै अवरोध हटाएका हौं’, मेयर शेर्पाले भने । पत्रकार भेटघाट कार्यक्रममा मेयर शेर्पाले बजारको अवरोध हटाउँदा कसै माथि अन्याए र भेदभाव नगरिएको स्पष्ट पारे । नियम संगत हटाईएका अवरोधको भने पुर्नबिचार नगरिने उनले स्पष्ट पारे ।

पत्रकार भेटघाटमा मेयर शेर्पाले नेपाल सरकारले २०३४ सालमा नै जारी गरेको सडकको २५ मिटर दायाँ वायाँ मापण्ड तोकिसकिएको हुनाले सो भित्र पर्ने संरचनाको लागि नगरपालिकाले पुर्नविचार नगर्ने उनले प्रष्ट पारे । नगरप्रमुख शेर्पाले जारी गरेको प्रेसविज्ञप्तीमा उल्लेख गरेअनुसार नगरपालिकाको निर्णयानुसार बाह्रबिसे बजार क्षेत्रको सडक तथा सहायक सडकहरुमा आगमन सुचारु तथा सडक नाली माथि राखिएका पसलहरु छत, टप लगायत अस्थायी संरचनाहरु हटाउने सम्बन्धमा निम्न उल्लेखित विभिन्न निर्णयहरु भएको हो । नगरले अस्थाई संरचना भत्काउने मात्र होईन नाली, पार्किङ, वंगैचा लगाएतका सडकको पुनर्निर्माण समेत गरिने मेयर शेर्पाले स्पष्ट पारे । पत्रकार सम्मेलनामा मेयर शेर्पाले नगरपालिकामा तोडफोड गर्ने अराजक व्यक्तिलाई भने कारबाही गर्नुपर्ने बताए । आफु सधैंव वार्ताको पक्षमा रहेपनि बाह्रबिसे नगरभित्रै वार्ता गर्नुपर्ने उनले जिकिर गरे ।

त्यस्तै उपप्रमुख शुशिला पाख्रिनले बाह्रबिसे नगरको उद्देश्य भनेको बाह्रबिसे कसरी हुन्छ सुन्दर बजार बनाउने रहेको बताईन । बाह्रबिसे नगरपालिका हेर्न तथा घुम्न आउनेलाई यहाँको पहिचान झल्काउने खालको सुन्दर बजार बनाउने उद्देश्यले बजारको अवरोध हटाईएको प्रष्ट पारिन । ऐतिहासिक बाह्रबिसे बजारलाई व्यवस्थित बनाउन सडकडिभिजन कार्यालय संग समन्वय गरेर पहिलो प्राथमिकता कालोपत्रे गर्ने लगाएत बजार छिर्नु अघि स्प्रे राखेर बजारमा धुलो नआउने समेतको योजना बनाएको बताईन । नगरको अवरोध हटाउने मात्र नभई नयाँ निर्माण गर्ने कुरा प्रचारमा ओझेल परेको कारण विरोधीले भ्रम छर्न सफल भएको उनले बताईन । प्रेसवक्तव्य वाचन गर्दै प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले नगरपालिकाले नियम कानुन सम्मत ढंगले निर्णयको कार्यान्यन गरेकाले कुनै कमजोरी नगरेको स्पष्ट पारे ।
हेर्नुहोस विज्ञप्तिको पूर्णपाठ

प्रेस विज्ञप्ती
उपरोक्त सम्वन्धमा बाह्रबिसे नगरपालिका नगरपालिकाको निर्णयानुसार बाह्रबिसे बजार क्षेत्रको सडक तथा सहायक सडकहरुमा आगमन सुचारु तथा सडक नाली माथि राखिएका पसलहरु छत, टप लगायत अस्थायी संरचनाहरु हटाउने सम्बन्धमा निम्न उल्लेखित विभिन्न निर्णयहरु भएको व्यहोरा अनुरोध गर्न चाहान्छु ।
१) २०७४÷०६÷०८ गते नगर कार्यपालिका बैठकबाट निर्णय भई सूचना प्रवाह गरेको ।
२) २०७४÷१०÷१० र २०७४÷१०÷१७ गतेमा स्थानीय बजारबासी व्यापारी व्यवसायीहरुसँग अन्तक्र्रियात्मक छलफल भएको ।
३) २०७५÷०५÷०७ गते कार्यपालिका बैठकबाट निर्णय भई सूचना प्रवाह गरेको, सोही सूचनाको आधारमा २०७५÷०५÷२७ गते स्थानीयबासीहरुबाट निवेदन प्राप्त भएको ।
४) २०७५÷०६÷०५ गते नगर कार्यपालिका बैठकबाट पूनः निर्णय भएको ।
५) २०७६÷०८÷२६ गतेको कार्यपालिका बैठकमा नगरकार्यपालिका बैठकबाट विभिन्न समयमा भएको बजार व्यवस्थापन सम्बन्धी विषयमा कार्यान्वयनका लागि मौखिक छलफल भई सोही बमोजिम २०७६÷०९÷२२ र २३ गतेमा अस्थायी संरचनाहरु (घरसँगै जोडि बनाएका पाली, छत, टप, सडक नालीमाथि बनाएका संरचना र पसलहरु) हटाउन माइकिंगद्धारा १ हप्ता सूचना प्रवाह गरिएको ।
७) गृह मन्त्रालयबाट पनि २०७६÷०९÷२७ गते सडक अतिक्रमण संरचना हटाउने सम्बन्धमा मातहतका निकायहरु पत्राचार भएको ।
८) २०७६÷१०÷०१ गते पुनः अन्तिम पटक २०७६÷१०÷०३ गते विहान ७ः३० बजे भित्र अस्थायी संरचनाहरु हटाउन अन्तिम पटक सूचना जारी गरिएकोमा सो सूचनाहरुलाई बेवास्था गरिएको हुँदा नगर कार्यपालिकाको बैठक तथा नगरसभाहरुबाट गरिएको निर्णयहरुको अनुमोदनलाई कार्यान्वयन गर्नको लागि जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन र नगरपालिकाको सक्रियतामा सो अस्थायी संरचनाहरु हटाउने कार्य भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
९) सार्वजनिक जग्गाको मापदण्ड सम्बन्धमा अरनिको राजमार्ग क्षेत्रमा २०३४ सालमा नै सडक कार्यालयबाट सडकको सेन्टरबाट २५÷२५ मिटर दायाँबायाँ सडक क्षेत्रभित्र पर्ने भनि सूचना प्रकाशित भएसँगै राजमार्ग क्षेत्रको २५ मिटर भित्र जग्गाको मापदण्ड रहेको ।
१०) हालको संरचनाहरुलाई व्यवस्थित गर्न नगरपालिकाको कार्यपालिका बैठक तथा आगामी नगरसभाबाट बजेटको व्यवस्था गरी पैदल मार्ग, ढल सुधार , प्रतिक्षालय निर्माण, शौचालय तथा स्थानीयको माग र आवश्यकताको आधारमा काम गर्ने व्यहोरा पनि अनुरोध साथ प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
११ स्थानीयका समस्या समाधानमा नगरपालिका हरदम तयार रहेकाले कुनै पनि असंयमित कार्य नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध समेत गर्दछु ।

१२ बजार ब्यवस्थापनका क्रममा स्थानीयहरुलाइ पर्न गएको असुबिधालाइ ध्यानमा राखि तुरुन्तै छलफल तथा अन्तरकृयाको माध्यम बाट समाधान गर्न नगरपालिका सदैब तयार रहेको व्यहोर जानकारी गराउन चाहान्छौं । धन्यवाद ।

निमफुञ्जो शेर्पा मेयर
बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक

मिति ः २०७६÷१०÷०५