हेवीवेट नेताका आँगनमा नेकपाका दुई नेतालाई भव्य स्वागत

पौष २८, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाली कांग्रेसका पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको गृह गाउँ ठूलो पँलातीमा पहिलोपटक नेकपाका दुई नेता पुगेका छन् । सिन्धुपाल्चोकका हेवीवेट नेताका रुपमा चर्चित बस्नेतकै टोलका स्थानीयले सोमबार नेकपाका दुई नेता अग्निप्रसाद सापकोटा र अरुण नेपाललाई भव्य स्वागत गरेका छन् । कांग्रेसको गढ मानिएको ठूलो पँलातीमा अहिलेसम्म कम्युनिष्ट नेताहरु पुग्न सकेका थिएनन् । सो भेगमा कांग्रेसको एकलौटी राज भएका कारण कम्युनिष्ट नेता पुग्न नसकेको स्थानीयको भनाई छ ।


नेकपाका दुई शिर्ष नेतालाई त्याहाँ पु¥याउने काम नेकपाका जिल्ला नेता बुद्वराज बस्नेतले गरेका हुन् । बस्नेत ३ वर्ष अघि नेकपामा प्रवेश गरेका थिए । उनकै नेतृत्वमा एकसाता अघि क्षमादेवी माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन भएको हो । सोही विव्यसको आयोजनामा विद्यालयको ६९ औं वार्षिक उत्सव तथा अविभावक भेला कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा संघीय सांसद सापकोटा र नेकपाका पोलिटव्युरो सदस्य तथा उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री नेपाल पुगेका हुन् । आफ्नै आँगनमा क्षमादेवीको वार्षिकउत्सव कार्याक्रममा भने नेपाली कांग्रेसका केन्द्रीय नेता बस्नेत उपस्थिति भएनन् । स्थानीय चुनावको झल्को दिने गरी विव्यस गठनमा भएको घनघोरको निर्वाचनमा नेकपाले कब्जा गरेपछि उक्त कार्यक्रममा नेपाली कांग्रेस मोहन पक्षधर कुनै नेता तथा कार्यकर्ता सहभागी भएनन् । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विकास थापा सहभागी भएपनि उनी संथापन विकास लामा पक्षधर मानिन्छन् । विद्यालयको ६९ औं वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका सापकोटा र नेपाललाई स्थानीयले फुलमालाले भव्य स्वागत गर्दै बाजा सहित एककिलोमिटर हिँडाएर विद्यालय पु¥याएका थिए ।

१२ बजे सुरु भएको विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका संघीय सांसद अग्निप्रसाद सापकोटाले गरेका हुन् । उद्घाटन पछिको मन्तव्य राख्दै नेता सापकोटाले विद्यालय तथा अविभावकले गरेको स्वागत आफ्नो जीवनको अविस्मणीय क्षण हुने बताए । विद्यालयको नयाँ अविभावक गठनले राजनीति, आदर्श र मूल्यमान्यताको जित भएको खुलासा गर्दै सांसद सापकोटाले विव्यस अध्यक्ष बस्नेतको योजनालाई आफुले साथ दिने बचन दिए । कांग्रेस गढ नेकपाले भत्काएको प्रति लक्षित गर्दै नेता सापकोटाले भने, ’खोलानाला, रुखविरुवा र हरेक वस्तु उस्तै देखिन्छन् तर नजाँदिदो गरी परिवर्तन भईरहेका छन् ।‘ अब भाषण भन्दा एक्सनमा जोडदिनुपर्ने तर्क राख्दै नेता सापकोटाले बाह्रबिसे नगरपालिकाले अघि सारेको शैक्षिक रणनीति देशकै नमुना बन्ने उद्घोष गरे ।

कार्यक्रमका विशेष अतिथि मन्त्री नेपालले आफु पहिलोपटक विद्यालयको वार्षिक उत्सव कार्यक्रममा आउन पाउँदा गौरम्वित भएको प्रतिक्रिया दिए । विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि आफुले सकेको सहयोग गर्ने बचन दिंदै मन्त्री नेपालले बाह्रबिसे नगरपालिकाको लागि मात्र प्रदेश सरकारबाट यसवर्ष विभिन्न शिर्षकमा ३० करोड योजनामा रहेको खुलासा गरे । त्यस्तै कायक्रमका अर्का विशेष अतिथि बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले कांग्रेसको कारण विद्यालय व्यवस्थापन गठन गर्न चुनावमा जानु परेको खुलासा गरे । सहमति गरेर जाँउ भन्ने आफ्नो मतलाई कांग्रेसकै नेताले अस्थित्वको लडाईको रुपमा लिएपछि चुनावमा जानु परेको उनले प्रष्ट पारे ।

विव्यसले गरेको कतिपय सकरात्मक निर्णयमा समेत कांग्रेस पक्षधर समितिमा आवद्व सदस्यले हस्ताक्षर नगरेको प्रति इृगित गर्दै मेयर शेर्पाले भने, ’ बेलैमा तपाईहरुले विचार गर्नुहोस, विचार पु¥याउनु भएन भने प्रचलित नीतिनियम र कानुन अनुसार हामीले विचार पु¥याउने छौं ।‘ नेता बस्नेत प्रति कटाक्ष गर्दै मेयर शेर्पाले प्रश्न गरे, ’आफ्नो घर भव्य महल र स्विमिङ पुल बनाउने तर विद्यालय यतिका वर्ष सम्म किन यस्तो हालतमा ? आफुले उक्त विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा आमुल परिवर्तन गरेर देखाउने ठोकुुवा गर्दै मेयर शेर्पाले नगरपालिकाले ल्याएको मन्टेश्वरी अवधारणा नयाँ शैक्षिक रणनीति रहेको प्रष्ट पारे । मन्टेश्वरी अवधारणा विद्यार्थीलाई अंग्रेजी माध्यामबाट मात्र नभई बालबालिकाहरुको आनीबानी, व्यवहार र क्षमताको विकास गराउने उद्देश्यमा आधारित रहेको उनले प्रष्ट पारे । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख कृष्ण सुवेदीले भूकम्प पछि जिल्लामा ४ सय ९५ विद्यालय पुनर्निर्माणको चरणमा रहेकोमा क्षमादेवी मात्र पछि परेको बताए । भारतीय राजदुताबासको सहयोगमा झण्डै सात करोडमा बन्ने उक्त भवन टेन्डर प्रक्रिया सकि अब छिट्टै निर्माणको प्रक्रियामा रहेको उनले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विकास थापा, वडा अध्यक्ष बमबहादुर तामाङ लगाएतले वार्षिक उत्सबको शुभकामना दिंदै मन्तन्वय राखेका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रअ धर्मनाथ प्रसाद शाहले विद्यालयको भौतिक सुविधा लगाएत ल्याव तथा कम्युटर समेत नरहेको बताए । शिक्षक तथा कर्मचारी १९ जना कार्यरत रहेको उक्त विद्यालयमा ४ सय ७७ बालबालिका अध्यायन गर्छन् ।
कार्यक्रमका सभापति रहेका विव्यस अध्यक्ष वुद्वराज बस्नेतले आफु विव्यस अध्यक्षमा आएसंगै उक्त विद्यालयमा राजनीति नगरी शान्तीक्षेत्र बनाउने प्रतिवद्वता व्यक्त गर्दै क्षमादेवीलाई बाह्रबिसे नगरपालिका भित्रकै नमुना विद्यालय बनाउने उद्घोष गरे ।