ईले थामी र विरे थामीलाई सम्झदैं २६ औं पिस्कर दिवश मनाईयो

पुष २९, पिस्कर (सिन्धुपाल्चोक) । ३६ औं पिस्कर स्मृति दिवसको अवसरमा हिजो विविध कार्यक्रम गरि मनाईएको छ ।
२६ औं पिस्कर स्मृति कार्यक्रमलाई नेकपाका स्थायी समिति सदस्य अमृत कुमार बोहरा तथा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ लगाएत नेताले सम्बोधन गरेका थिए ।

साँस्कृतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अमृत कुमार बोहोराले शहिद पार्क, शहिद उद्दान, थामी संग्रालय स्तम्भको डिपीआर सहितको खाका प्रस्तुत गरेका थिए । कार्यक्रम पछिको उद्घाटनलाई सम्वोधन गर्दै नेता बोहोराले शहिदहरुले देखाएको बाटोमा लाग्न र प्रेरणा लिन शहिद पार्क, उद्दान र थामी संग्रालयले ईतिहासको कडिलाई जोड्ने माध्यम हुने धारणा राखे । त्यस्तै कार्यक्रममा रहेका अर्का अतिथि नेकपाका केन्द्रीय सदस्य माधव सपकोटा ‘सुवोध’ ले शहिदहरुको सम्झनालाई माक्र्सवादी विचार र आदर्शमा रहेर संधै पछ्याईरहनु पर्ने धारणा राखे । त्यस्तै कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पुरानो पिस्कर र मुलबारीमा एकघर एकधारा हुने व्यहोरा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष झम्क नेपाल, नेता राजकुमार श्रेष्ठ, लसंखुपाखरका अध्यक्ष कमल नेपाल, प्रेम लामा, भेषराम ढकाल, नरेन्द्र तिमिल्सिना, अनन्तप्रकाश श्रेष्ठ, भोटोलो थामी, सुरेश थामी लगाएत सहभागी रहेका थिए ।
स्मरण रहोस पिस्कर हत्याकाण्ड ३६ वर्ष अगाडी माघेसंक्रातीमै भएको थियो ।