सामुदायिक वनका पहिलो अभियान्ता भण्डारीको निधन, आजै आर्यघाटमा अन्त्यष्टि गरियो ।


काठमाडौं पुष २३,
सामुदायिक वनका पहिलो अभियान्ता तथा जिल्ला विकास समितिका पूर्वसभापति नीलप्रसाद भण्डारीको निधन भएको छ । आज बिहान सवा ४ बजे आफ्नै निवास कोटेश्वरमा निधन भएका भण्डारीको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । भण्डारीको पार्थिव शरीरमा उनका छोराहरु उत्तम र गौतमले दागबत्ती दिएका थिए । यस अघि उहा“को पार्थिव शरीरलाई कोटेश्वरस्थिर विश्व हिन्दुको सम्पर्क कार्यालय हातामा राखेर श्रद्धाञ्जली दिइएको थियो । त्यसपछि आर्यघाटमा लगिएपछि विभिन्न राजनैतिक दल तथा विभिन्न संघसंस्थाका व्यक्तित्व तथा सयौं सर्वसाधारणहरुले श्रद्वाञ्जली दिएका थिए । भण्डारीलाई सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कोटेश्वर निवासमै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसैगरी नेकपाका स्थायी समिति सदस्य तथा सांसद अग्नीप्रसाद सापकोटा, राप्रपा अध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्सेर राणा, पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, पूर्वमन्त्री सुनील थापा, पूर्वसहायक मन्त्री दिनबन्धु आर्याल, नेपाली सेनाका पूर्वप्रमुख रुकमाङ्गद कटवाल, विश्व हिन्दु महासंघका पदाधिकारीहरु, जिल्लाका विभिन्न दलका नेताहरु, स्थानीय जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसस्था, सञ्चारकर्मी, कलाकार, व्यवसायी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । सुनकोशी गाउ“पालिका ठोकर्पाका भण्डारी सामुदायिक वनका पहिलो अभियान्ता हुन् । उनलाई सामुायिक वनका जन्मदता पनि भन्ने गरिन्छ । उनले २०२९ सालमा ठोकर्पाबाट जनताले आफैं जंगल जोगाउन सक्छन् भन्ने अवधारणाको शुरुवात गराएका थिए ।

??

दुई पटक प्रधानपञ्च, गाउँ फर्क अभियानको सचिवलगायतका पदमा रहेर उनले सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेका थिए । उनले २०३१ सालमा सुकुटेस्थित सुनकोशीमा झोलुंगे पल बनाएका थिए । त्यसैगरी गाउ“मा विद्यालय स्थापना, खानेपानी, सडकलायतका विकासको अगुवाको भूमिका निर्वाह गरेका थिए । २०५९ सालबाट शुरु भएको राजनीतिक घटनामा उनी दुई पटक जिल्ला विकास समिति सिन्धुपाल्चोको सभापति भएका थिए । उनलाई गणतान्त्रिक सरकारले सामुदायिक वनको अभियान्ता घोषणा गरेको थियो । उनकै अगुवाईमा शुरु भएको सामुदायिक वनको अवलोकन गर्न तत्कालिन राजा विरेन्द्र २०४३ सालमा ठोकर्पा गएका थिए । हाल मुलुकभर १९ हजार सामुदायिक वन समूह छन् ।