बाह्रबिसे नगरपालिकाको १५ वर्षिय शैक्षिक रणनीति, सबै विद्यालय मन्टेश्वरी

पौष २३, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले आफ्नो नगरलाई शैक्षिक हब बनाउने उद्देश्यका साथ १५ वर्षीय रणनीति तय गरेको छ । नगरपालिका भित्र रहेका सबै विद्यालयहरुलाई मन्टेश्वरी अवधारणा अनुसार आमुलपरिवर्तन गर्ने रणनीति लिएको नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिनले सिन्धुज्वालालाई बताईन ।

‘नगरपालिकाले शैक्षिक योजनाको लागि १५ वर्षीय रणनीति बनाएका छौं’, उपमेयर शुशिला पाख्रिनले भनिन् ‘नगरपालिकाले १५ वर्ष पछि गुणस्तरीय स्थिति कहाँ पु¥याउने भन्ने सबालमा एउटा मन्टेश्वरी पनि हो’, । त्यसको लागि सम्मेलन पनि गरेका छौं । मन्टेश्वरी अन्र्तगत नगरपालिकाले आफ्नो बजेटको अवस्था हेरेर ९ वटा वडाको एक–एक वडा तथा ठुलो वडाको भएको भूगोलमा दुईवटा गरेर जम्मा १३ विद्यालयमा यसपाली सञ्चालन गर्न लागेको उनले बताईन । आगमी शैक्षिक सत्र देखि पहिलो फेजको मन्टेश्वरी सञ्चालन हुने उनले बताईन । त्यसको लागी तयारी तालिम तथा प्रशिक्षण भईरहेको उनले बताईन । त्यस्तै १३ वटा विद्यालयमा कक्षा सजावट गरिसकिएको उनले बताईन । उनका अनुसार मन्टेश्वरी सञ्चालन गर्नको लागि एउटा विद्यालयमा २÷२ शिक्षिकाहरु विद्यापन गरेर छनौट भईसकेका छन् । अहिले पहिलो फेजको दुईहप्ते ट्रेनिङ शक्रबार सम्पन्न हुने उनले बताईन ।
केहो मन्टेश्वरी ?

उपप्रमुख शुशिला पाख्रिनका अनुसार मन्टेश्वरी अवधारणा भनेको अंग्रेजी माध्यमबाट पढाईने विकसित उन्नत सिकाई हो । जहाँ शिक्षक, अविभावक तथा विद्यार्थी आ–आफ्नो अनुशासन र डिउटीमा बसी शिक्षण पेशालाई गुणस्तरीय शैक्षिक उपलब्धी हाँसिल गर्ने प्रक्रिया हो । जहाँ विद्यालयमा भन्य भौतिक सुविधा सम्पन्न समेत हुनेछ । सोही शिष्टमलाई आफ्नो नगरमा लागु गर्ने हिसाबले मन्टेश्वरी सुरुवात गर्न लागेको उपप्रमुख शुशिला प्राख्रिनले स्पष्ट पारिन । उनका अनुसार बाह्रबिसे नगरपालिकाले काठमाडौंमा बेस्ट मन्टेश्वरी अर्थात बैशालु एजुकेशन संग सम्झौता गरेर काठमाडौमै भएको मन्टेश्वरीको अवधारण बाह्रबिसे नगरपालिका भित्र रहेका विद्यालयहरुमा लागु गरिने छ । बेस्ट मन्टेश्वरीसंग बाह्रबिसे नगरपालिकाले सम्झौता गरिसकेको छ । सो अनुसार नै मन्टेश्वरीले शैक्षिक लगाएत पूर्वाधारका लागि सहयोग गर्ने उनले बताईन । उनका अनुसार १३ वटा विद्यालयलाई करिब– करिब ३ करोडको (शिक्षक लगाएत खर्चमा) हाराहारीमा बजेट चाहिन्छ । पहिलो फेजमा एउटा विद्यालयलाई ८ का दरले दिईने उनले बताईन । त्यसपछि बजेटको व्यवस्था गर्दै जाने उनले बताईन । उनका अनुसार मन्टेश्वरी कक्षा सञ्चालन नयाँ शैक्षिक सत्र सुरुवात हुने बैशाख देखि गरिनेछ । शैक्षिक सत्र अगाडी देखिनै विद्यार्थी भर्ना लिईसक्ने उनले बताईन । मन्टेश्वरीको लागी आवश्यक सामग्रीहरु विदशेबाट ल्याउन पर्ने भएकोले समय लाग्ने उनले बताईन । बजेट नगरपालिकाको भएपनि शिक्षक देखि मन्टेश्वरीलाई आवश्यक पर्ने सामग्री सोही संस्थाले व्यवस्था गर्ने उनले बताईन ।