’खेलकुद् क्षेत्रको समृद्वि हाँसिल नगरी मुलुकले सोचेजस्तो समृद्वि प्राप्त गर्न सकिदैन‘–मन्त्रि विश्वकर्मा

दिनेश दुलाल
पुष १९ बाह्रबिसे, (सिन्धुपाल्चोक) । युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले खेलकुद् क्षेत्रको समृद्वि हाँसिल नगरी मुलुकले सोचेजस्तो समृद्वि प्राप्त नहुने बताएका छन् ।
बाह्रबिसेमा भएको १३ औ राष्ट्रिय सोतोकान कँराते प्रतियोगिता प्रथम मेयरकप २०७६ तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री विश्वकर्माले उक्त धारणा राखेका हुन् ।
नेपाल कँराते महाँसघ, नेपाल सेतोकान कँराते संघ, सिन्धुपाल्चोकले बाह्रबिसेको कवर्डहलमा शुक्रबार आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगिताको मन्त्री विश्वकर्माले उद्घाटन गरेका हुन् । उद्घाटन पछिको मन्तव्यलाई सम्वोधन गर्दै मन्त्री विश्वकर्माले १३ औं साग गेमले नेपालले ऐतिहाँसिक सफलता प्राप्त गरेसंगै खेलकुदको गौरवशाली ईतिहाँसलाई कायम गर्न सकेको ठोकुवा गरे । ’खेल पर्यटनको माध्यमबाट अब सिङ्गै देशको आर्थिक समृद्वि हाँसिल गर्न सकिन्छ‘, मन्त्री विश्वकर्माले भने । साग गेममा नेपालले उल्लेख्य मात्रमा स्वर्ण पदक जित्न सफल भएको स्मरण गराउँदै मन्त्री विश्वकर्माले स्वर्ण प्राप्त गर्नमा सिन्धुपाल्चोकको समेत योगदान रहेको चर्चा गरे । खेलकुद् क्षेत्रलाई व्यवसाय र उद्योगको रुपमा विकास गर्न नेपाल सरकारले योजना बनाईरहेको बताउँदै मन्त्री विश्वकर्माले अन्र्तराष्ट्रिय तहको खेलकुद्मा स्वर्ण पदक जित्ने खेलाडीलाई आजिवन मासिक ५ हजार र ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीलाई आजिवन मासिक ४ हजारका दरले निवृत्तभत्ता स्वरुप उपलब्ध गराउने निर्णय भएको समेत उनले सुनाए ।

कार्यक्रमका विशेष अतिथि नेकपा ३ नम्बर प्रदेशका स्कुल विभाग प्रमुख सरल सहयात्री पौडेलले खेलक्षेत्रमा निस्केका नयाँ प्रतिभालाई राज्यले संरक्षण र विकास गर्न लगानी बढाउनु पर्ने धारणा राखे । त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि बाह्रबिसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले खेल क्षेत्रको विकास तथा खेलाडीलाई प्रोत्साहित स्वरुप आफ्नो नगरपालिकाले जिल्लाकै उत्कृष्ट कवर्डहल निर्माण गर्न सकेको बताए । ’हामीले नगरपालिकाको बजेट तथा केही संघसंस्थाहरुको सहयोगमा यो कवर्डहल निर्माण ग¥यौं यो निकै मिहिनेत र कठिनायीपूर्ण भएको हो‘, मेयर शेर्पाले भने । चाईनाको मोडेलमा बनाएको उक्त कवर्डहल बनाउन आफु राती १२ बजे सम्म खटेको स्मरण गराउँदै मेयर शेर्पाले नगरपालिकाले कँराते खेलको लागि छुट्टै बवर्ड हल बनाउने योजनामा लागेको समेत जानकारी दिए ।

खेलकुद क्षेत्रलाई आमुल परिवर्तन गर्नको निम्ति प्रशिक्षकहरुको अहंम भूमिका रहेको धारणा राख्दै मेयर शेर्पाले उल्लेख्य मात्रामा दक्ष प्रशिक्षक उत्पादन गर्न खेलकुदमन्त्री समक्ष आग्रह गरे । संघीय, प्रदेश र स्थानीय सरकारले खेलकुद सम्बन्धी छुट्टै नीति निर्माण गर्नुपर्ने बताउदैं मेयर शेर्पाले संघमा रहेको बजेटलाई खेलकुद क्षेत्रमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा प्रदेशबाट आउने बजेट समेत स्थानीय सरकारलाई थाहा नदिएर अनियन्त्रित र अपारदर्शिक भएको उनले आरोप लगाए । कार्यक्रममा लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल,उपमेयर शुशिला पाख्रिन तथा नेपाल कँराते महाँसघका सचिव तथा कराँते संघका प्रमुख प्रशिक्षक श्याम शेर्पा लगाएत खेलक्षेत्रको महत्वको बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका सभापति रहेका नेपाल सोतोकान कँराते संघ जिल्ला अध्यक्ष सुरेनविक्रम योञ्जनले सिन्धुपाल्चोकको खेलकुद क्षेत्रको लागि आफुले निरन्तर योगदान दिने बताए । आज शनिबार सकिने उक्त प्रतियोगितामा ७ प्रदेश र आयोजक गरी ८ टिमका कुल २०० खेलाडी सामेल छन् । नगरपालिका र सोतोकान कँरातेसंघबाट १७ लाख खर्च हुने उक्त प्रतियोगितामा मेटल तथा ट्रफी सहित प्रथमलाई एकलाख, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० पुरस्कार रहेको जिल्ला अध्यक्ष योञ्जनले सिन्धुज्वालालाई जानकारी दिए ।

संघका जिल्ला सचिव नवराज भट्टराईका अनुसार प्रत्येक खेलाडीलाई जम्मा २ मिनेटको समय रहेको उक्त प्रतियोगितामा फाईटमा ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० तौल समुहका खेलाडीहरु भिड्ने छन् । काँतामा भने तौल समुह लागु नहुने उनले बताए । पहिलो दिनमा राती अवेर सम्म लगाएर भएपनि सक्ने योजना बनाएको आयोजकले केटा र केटीको छुट्टा छुट्टै समुहलाई आज फाईनल प्रतियोगिको रुपमा भिडाउने छ । राष्ट्रिय स्तरका प्रशिक्षक तथा रेफ्रि सामेल उक्त प्रतियोगिताको फाईनल खेल तथा समापन आज नै हुने संघका जिल्ला सचिव भट्टराईले जानकारी दिए । उनका अनुसार समापन समारोहमा नेता मोहनबहादुर बस्नेत सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन सचिव नवराजभट्टराईले गरेका थिए ।