
खागदल–कुखुरे–कल्लेरी सिंगार्चे सडक निर्माणमा चरम लापरबाही, हेर्ने निकाय नै छैन, पेटी ठेकेदार ईनिजनिएर

१९ पुष, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिका–५ अन्र्तगत खागदल–कुखुरे–कल्लेरी–सिंगार्चे सडक निर्माणमा चरम लापरबाही देखिएको छ । प्रदेश सरकारको १० करोड लगानीमा निर्माण हुने उक्त सडकमा चरम लापरबाही भएको स्थानीयले बताएका छन् । ठेक्काको जिम्मा पाएको रुथा÷हिमाली देव ढुङ्ग्गा÷ओम बुद्व जेवीले पाएको थियो । तर पेटी ठेक्कामा जिल्लाकै अर्का ठेकदार रेशम तामाङलाई काम गर्न दिईएको थियो । तामाङले पहिलो चरणका केही कामहरु गरेको भएपनि पछिल्लो पटक निर्माणमा चरम लापरवाही दखिएको स्थानीय सुजन बस्नेतले सिन्धुज्वालालाई बताए ।
‘पहिला त काम राम्रै सुरुवात भएको थियो तर अहिले चरम लापरवाही छ’, बस्नेतले भने । उनका अनुसार मेसीनरी वालमा मापदण्ड भन्दा निकै कम मात्रमा सिमेन्ट प्रयोग गरिएको छ भने प्लम ढालनमा समेत झनै लापरवाही गरिएको छ । स्टमेटमा ४० प्रतिशत ढुङ्गा राख्नुपर्नेमा ढुङ्गाको मात्र ८० प्रतिशत र बाँकी २० प्रतिशतमा पनि सिमेन्टको मात्रा निकै कम गरिएको उनले सुनाए । सडकको काम सुरु गर्दै आफुहरुले मापदण्ड अनुसार गर्न पटक–पटक तागेता गरेपनि आफुहरुको सुनाई नभएको सुजनले बताए । ‘राम्रो र टिकाउ काम गर्नुपर्छ भन्ने हाम्रो कुरा नै सुनुवाई भएन सबै मापदण्ड विपरित भएको छ’, सुजनले भने । बनाएका वाल समेत चर्किएको र नाली समेत भत्किएको उनले बताए । उक्त कुराको लागि पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा समेत नभएपछि बाह्रबिसे नगरपालिका तथा जिल्ला प्रशासनमा उजुरी गर्ने तयारी गरेको उनले जानकारी दिए ।
कामको अनुगमन गर्ने निकाय सडक डिभिजन कार्यालय पनि मौन देखिएको कारण ठेकेदार देखि ईन्जिनिएर सम्म मिलेमतो हुनसक्ने स्थानीयको आरोप छ ‘योजना हेर्नको लागि न यहाँ ईन्जिनिएर आउँछन् न कुनै सरकारी कर्मचारी नै आउँछन्’, सोही योजनाका कामदार दोहित बस्नेतले सिन्धुज्वालासंग भने । उनका अनुसार ठेकदार रेशम लामा समेत साईडमा त्यति जाँदैनन् उनले प्रतिनिधिको रुपमा भिम लामालाई पठाएका छन् । उसोत योजनाले जनताको बाली नोक्सानी गरी खनेको माटो ढुङ्गा जनताको बारीमा खनाएर नोक्सान पु¥याईदिएको स्थानीय धनबहादुर बस्नेतले दुःखेसो पोखे । अन्नबाली उब्जाउ गर्ने २ रोपनीमा भएको क्षतिको बारेमा ठेकदारसंग कुराकानी गरेपनि नपाएको उनले सुनाए । आफ्नो घरनै उठिबास हुने अवस्था सम्म पुग्दा आयोजनाले कुनै वास्ता नगरेको स्थानीय दिलबहादुर बस्नेतले बताए ।
प्रदेश सरकारबाट परेको झण्डै १० करोड रुपैया लागतमा बन्ने उक्त सडक सुरुमा चरिकोट डिभिजनले हेरेपनि पछिल्लोपटक प्रदेश सडक डिभिजन कार्यालय र्खुकोटले हेर्नेगरी पठाईएको सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए । ‘पहिला उक्त सडक हामीकाँहा आएको थियो हामीले र्खुकोटलाई जिम्मा दिएका छौं’, डिभिजन प्रमुख झाले भने । तर तत्कालिन डिभिजन प्रमुख रामचन्द्र झा र्खुकोटबाट सरुवा भईसकेपछि अहिले प्रमुख विहिन छ । सुरुमा उक्त सडक ईन्जिनिएर रामबहादुर विश्वकर्माले हेर्ने गरेको भएपनि उनी समेत र्खुकोट जाने तयारीमा छन् । ’उक्त योजना सुरुमा मैले नै हेरेको थिए, अहिले म पनि छैन्’, ईन्जिनिएर विश्वकर्माले भने । आफुले काम गर्दा राम्रो देखिएको र जिल्लाको ठेकेदार भएको हुनाले जिल्लाबासीको नाताले सकरात्मक समाचार लेख्न उनले आग्रह गरे । ‘ठेकेदार तपाईहरुको जिल्लाबासी हुनुहुन्छ राम्रो समाचार बनाएर लेखिदिनुहोस’, ईन्जिनिएर विश्वकर्माले भने । ठेकदार संग तपाईको पनि मिलेमतो छ की ? भन्ने प्रश्नमा ईन्जिनिएर विश्कर्माले तपाईहरुले जे सक्नुहुन्छ त्यहि गर्नुहोस भन्ने जवाफ दिए ।
सडक निर्माणमा गुणस्तरहिन काम र चरम लापरबाही भएको सन्दर्भमा पेटी ठेकेदारका प्रतिनिधि भिम लामाले आफुले भन्दाभन्दै स्थानीय कामदारको लापरबाहीका कारण् काम बिग्रिएको बताए । पेटी ठेकेदार रेशम तामाङले भने आफ्नो सामन्य गल्तिलाई पनि स्थानीयले निहु बनाएर दुःख दिएको बताए ।
यस बारेमा बाह्रबिसे नगरपालिका प्रमुख निम्फुञ्जो शेर्पासंग बुझ्दा उक्त सन्दर्भमा लापरबाही भएको भन्ने कुरा आफुले पनि सुनेको तर आधिकारिक रुपमा कसैले उजुरी नगरेको उनले बताए । स्थानीयले अनुगमनको लागि लिखित निवेदन दिए नगरपालिकाको तर्फबाट प्राविधिक लगाएतको टोली पठाएर निरिक्षण गरिने समेत मेयर शेर्पाले बताए ।