हजारौं सहभागी नाघीथामडाँडामा पाँचपोखरीले यसरी भित्र्यायो भ्रमणवर्ष (फोटो फिचर सहित)

दिनेश दुलाल
पाँचपोखरी (सिन्धुपाल्चोक) ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाले भ्रमणवर्ष सन २०२० को सुरुवातलाई भव्य रुपमा मनाएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित पेमेछल उद्यान केन्द्र नाघीथाम डाँडाबाट बुधबार शुभराम्भ गरिएको हो ।
बुधबार बिहान ९ बजे खाल्डेखोलामा राखिएको गाउँपालिको स्वागत गेटबाट बाजागाजा र झाँकी सहित शुभारम्भ गरी सयौंको ¥याली १ बजे पेमेछल उद्यान केन्द्र नाघीथाम डाँडामा पुगेर भव्य कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रमको सुरुवातमा ३० फिटको लामो राष्ट्रिय झण्डा उत्तोलन गरेर सुरुावता गरिएको थियो । साथै लाखबत्ती बालेर क्षेमे पुजा गरिएको हो । नाघीथाम डाँडा रैथाने संरक्षण समिति आयोजक रहेको उक्त कार्यक्रमको नेकपाका स्थायी समिति सदस्य अमृतकुमार बोहोराले उद्घाटन गरेका थिए । उद्घाटन पछि मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि अमृतकुमार बोहोराले होमस्टे र अग्रनानिक उत्पादनको लागि पाँचपोखरीले जोड दिन आग्रह गरे । कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ’सुवोध‘ ले नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु मध्ये पाँचपोखरी क्षेत्र पनि रहेकोले सोको संरक्षण गर्नुपर्ने धारणा राखे । त्यस्तै अर्का विशेष अतिथि सुभाष कर्माचार्यले पाँचपोखरी लगाएत ऐतिहासिक क्षेत्रहरुको पर्यटकीय विकासको सम्भावनाबारे आफ्नो धारणा राखेका थिए । खाल्डेखोलाट ९ बजे सुरुवता गरेर नाघिथाम डाँडामा १ वजे विशेष कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । कार्यक्रमको शुभारम्भले गाउँपालिकाको पर्यटनको सम्भावनालाई नयाँ उचाईमा पु¥याउने उनले ठोकुवा गरे ।
कार्यक्रमा उपस्थित अन्य नेताहरुले पर्यटन दिवस र पाँचपोखरीको पर्यटनको सम्भावनाको बारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष झम्क नेपाल, प्रदेश सांसद निमा लामा ह्योल्मो लगाएत स्थानीय तहका जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा एकहजार भन्दा माथिको सहभागिता रहेको थियो ।