भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यसरी भित्रिए चिनियाँ पर्यटक

तातोपानी (सिन्धुपाल्चोक) । भ्रमणवर्ष सन २०२० आगमन भएको दिन अर्थात नयाँ वर्षको पहिलो दिन चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने सिन्धुपाल्चोकले अवसर पाएको छ । भ्रमणवर्ष सन २०२० लाई लक्षित गर्दै नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई साहाकार पार्न जिल्लाका स्थानीय तहहरु लागि परेका छन् ।
जसअनुसार बुधबार तातोपानी नाका हुँदै चिनियाँ पर्यटकहरुलाई नेपाल भित्रयाउने उदेश्यका साथ भ्रमण वर्षको पहिलो दिन तातोपानी नाकाको मितेरी पुलमा चिनियाँहरुलाई भोटोकोशी गाउँपालिकाद्वारा भव्य स्वागत गरिएको छ ।
स्थानीय सरका र प्रदेश ३ को उद्योग,पर्यटन वन तथा वातवरण मन्त्रालयको आयोजनामा दुइ देशबिचको सीमा मितेरी पुलमा चिनियाँ अधिकारीहरुलाई भव्य स्वागत गरिएको हो ।

मितेरी पुलमा जम्मा भएका नेपालीहरुले पञ्चेबाजा, नेवारी बाजा र विभिन्न झाँकी प्रस्तुती दिंदै चिनियाँहरुलाई स्वागत गरेका थिए । चिनको नेलम राज्यका उच्च पदाधिकारीहरु सीमा क्षेत्रमा नेपालको पर्यटन वर्षको निम्तो मान्न आएका थिए । नेलमा सरकारका प्रतिनिधिहरुलाई मितेरी पुलमा स्वागत र सम्मान गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लगायत स्थानीय सरकारका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको सहभागीता रहेको थियो ।

मितेरी पुलमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र भोटेकाशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले नेपाली टोपी लगाईदिएर चिनियाँ अधिकारीहरुलाई भव्य स्वागत र सम्मान गरेका थिए ।
त्यस्तै चिनियाँ अधिकारीहरुलाई तातोपानी क्षेत्रमा क्रियाशिल होटल व्यावसायीहरुले पनि स्वागत गरेका थिए । नेपालको पर्यटन वर्षको निम्तोलाई स्वीकार गर्दे चिनको नेलम कन्ट्रीका डेपुटी सेक्रेटरी लब सिरेन,जाङमु भन्सारका प्रमुख यान जिन,नेलम कन्ट्रीका प्रहरी प्रमुख बेन्बा सिरेन,नेलम अध्यागमन प्रमुख निमा युन्डन लगायत उच्च अधिकारीहरु नेपाल आएका थिए ।
चिनियाँ अधिकारीहरुलाई नेपाल भ्रमण वर्षको सन्र्दभमा तातोपानी नाका लगाएत जिल्लाका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउने योजना रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । तातोपानी नाका प्रवेश गरेर आउने चिनियाँ पर्यटकलाई बाह्रबिसे सम्म आउने सहज वातावरण बनाउन नगरपालिकाले योजना बनाएको बाह्रबिसे नगरपालिकामा मेयर निमफुञ्जो शेर्पाले बताए । भ्रमण वर्षको अवसरमा चिनियाँ नागरिक तातोपानी नाका हुँदै नेपाल भित्रनु सुखद् पक्ष रहेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले प्रतिक्रिया दिईन । साथै उक्त भ्रमणले तातोपानी नाकाको भविश्यको सबाल पनि जोडिएको उनले बताईन ।
सीमा क्षेत्र मितेरी पुलमा चिनियाँ अधिकारीहरुलाई स्वागत गर्न स्थानीय, विद्यार्थी लगायतको ठुलो संख्यामा नेपालीहरु नेपाल र चीनको झण्डा बोकेर बसेका थिए