
बाह्रबिसे नगरपालिकाले ग¥यो यस्तो निर्णय, अटेर गरे जरिवाना, कानुन हातमा लिए सार्वजनिक मुद्दा

दिनेश दुलाल
पुष १६, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको महत्वपूर्ण व्यापारी नाका बाह्रबिसे बजारको अस्तव्यस्तताई अन्त्य गर्न भन्दै अनुगमन गरिएको छ । बाह्रबिसे नगरपालिका र जिल्ला प्रशासन कार्यालयले बजारको आज संयुक्त रुपमा अनुगमन गरेको हो । नगरको पटक–पटकको निर्णयलाई व्यवसायीहरुले अटेर गरेपछि नगरपालिकाले थप कदम चालेको छ । बजारबासीहरुलाई समेत राखेर व्यापक छलफल पछि अवरोध हटाउने भनिएपनि कार्यान्वयन हुन नसक्दा पछिल्लो निर्णयमा पुग्न परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई बताए ।
स्थानीयको माग अनुसार दशैं र तिहारको मुखमा नहटाउन भनेर २ महिनाको समय माग गरेपनि बजारका स्थानीयले कहिल्यै कार्यान्वयन नगरेको उनले बताए । बजारको आसपासमा नालीमा पसल देखि खसी पाल्ने सम्मका अवरोधहरु बनाएर बजाजरलाई अस्तव्यस्त बनाएको उनले आरोप लगाए । पटक–पटकको आग्रहलाई नमानेपछि आफुले बजारको अस्तव्यस्तलाई सामन्यकरण गर्न एकहप्ता अगाडि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय गएर छलफल गरेको उनले जानकारी दिए । सोही छलफलको निष्कर्षको आधारमा संयुक्त अनुगमन गर्ने निर्णय भएको उनले सुनाए । अवरोध हटाएर जरिवाना सहित सामग्री जफत गरेर उठाएन भने बजारलाई व्यवस्थित गर्न सकिदैंन भन्ने निश्कर्षमा पुगेको उनले बताए । ’बाह्रबिसे जस्तो ऐतिहासिक बजारलाई सफासुघ्घर बनाउन नसक्ने भएपछि यो कदम उठाउन वाध्य भएका हौं‘, मेयर शेर्पाले भने । उनका अनुसार माघ १ गते सम्म व्यवसायीहरुले अवरोध नहटाए नगरपालिका कारबाहीको प्रक्रियामा जाने छ । कारवाहीमा जरिवना सहितको सामान जफत गर्न प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख लगाएतले आवश्यक सहयोग गर्ने बचन दिएको उनले बताए । ’मैले उहाँहरुलाई यसअघि कार्यपालिकाको बैठकद्वारा पास गरिएका निर्णयहरुलाई सुनाएपछि कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्वता जनाउनु भएको छ‘, मेयर शेर्पाले भने । भोलिबाट स्थानीयबासीलाई अवरोध हटाउन अनुरोध सहित आवश्यक कार्यान्वयन प्रक्रियाको लागि नेपाल प्रहरी, सशस्त्र र नगरप्रहरीले संयुक्त रुपमा गस्ति बढाउने उनले बताए । यदि तोकीएको समयसीमा भन्दा उता बजार गस्तिको संयुक्त टोलिद्वारा अवरोध हटाउन खोज्दा कानुन हातमा लिएर प्रतिकार गर्ने जो सुकैलाई सार्वजनिक मुद्दा लाग्ने तथा जरिवाना समेत लगाउने समेत उनले चेतावनी दिए ।
’नगरपालिकाले आफ्नो बजारलाई सरसफाई तथा व्यवस्थित बनाउन केही निर्णयहरु गर्नुभएको रहेछ त्यसको कार्यन्वयन तथा अनुगमन गर्न हामीलाई बोलाउनु भएअनुसार हामी गएका हौं’, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भनिन् । नगरपालिकालाई निर्णयलाई प्रशासनको कानुनी सहयोग हुने प्रजिअ चेम्जोङले बताईन । नगरको निर्णय सहितको आग्रहलाई प्रहरीले आवश्यक सहयोग पु¥याउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रज्ज्वल महर्जनले बताए । एतिहासिक बाह्रबिसे बजारलाई सुन्दर नगरीको रुपमा बनाउन सरसफाई लगाएत बजारलाई व्यवस्थित गर्ने नगरको निर्णय स्वागतयोग्य भएको स्थानीय सुरेश श्रेष्ठले प्रतिक्रिया दिए । उक्त अभियानमा साथ दिने समेत उनले बताए ।