तपचुली शहकारीको किसानमैत्री कार्यक्रम

भोटेचौर (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिका–१ भोटेचौरमा रहेको तपचुली सामुदायिक कृषि सहकारी संस्थाले किसानमैत्री कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार भएको आठौं वार्षिक साधारणसभामा किसान तथा युवालाई स्वारोजगार बनाउने उद्देश्यले संस्थाले आगमी एक वर्षको कार्ययोजना प्रस्तुत गरको छ । ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामजिक उत्थान सञ्चालन समिति (ह्योसिमेस) द्वारा मेलम्ची खानेपानी प्रभावित साविकका १४ गाविसहरुमा सञ्चालित सहकारीरुलाई अनुदान दिएसंगै तपचुलीले किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरेको हो । कृषि क्षेत्रलाई आधुनिकीकरण तथा प्रविधिमैत्री बनाउँदै भोटेचौर आसपासमा १ र २ वडालाई समेट्दै आएको सहकारीले सानाकिसानहरुलाई रिझाउन सफल देखिएको छ । २०६८ सालमा स्थपना भएको उक्त सहकारीमा ९ सय १६ स्थानीय आवद्व छन् ।

सहकारीलाई व्यापार गर्ने थलो बनाउने केही सहकारीको तुलनामा तपचुलीले किसानमैत्री कार्यक्रम ल्याउनु सकरात्मक पक्ष भएको मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाललले प्रतिक्रिया दिईन । सहकारीको एक वर्षमै लाभांस बढ्नु उपलब्धीमुलक भएको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि समेत रहहेकी उपमेयर नेपालले संस्थागत विकासकोष बढेकोमा खुशी व्यक्त गरिन । सहकारीले युवाहरुलाई स्वरोजगार बनाउने खालको योजना लिएर आएमा मेलम्ची नगरपालिकाले सहयोग गर्ने उनले बचन दिईन । कार्यक्रममा सोही वडाका वडाअध्यक्ष कृष्णप्रसाद चौलागाईले समृद्वीको आधार व्यक्तिको उन्नती प्रगती भएकोले सहकारीले आम जनतालाई समेट्ने खालको योजना ल्याउन सुझाव दिए । जनतालाई आत्म निर्भर बनाउने मनसायले ’प्रत्येक बस्ती एक समुह तथा प्रत्येक समुह एक आत्मनिर्भर योजना‘ भन्ने मुल नारालाई आत्मसाथ गरेको सहकारीमा २७ समुह क्रियासिल रहेको संस्थाका अध्यक्ष विष्णु प्रसाद ढुङगानाले बताए । संस्थाकै पहलमा भोटेचौरमा कृषि तथा पशुअनुसन्धान केन्द्र र अन्नपूर्ण अर्गानिक कृषि फारम स्थपना गरि युवा लक्षित आय आर्जन र रोजगारका कार्यक्रमहरु सञ्चालन गरिएको संस्थाका सचिव कृष्ण मुरारी चौलागाईले सिन्धुज्वालालाई बताए । उनका अनुसार सहकारीले व्यवसायिक कृषि तथा पशुपालन, व्यवसायिक तरकारी खेती, साना पसल व्यवसाय र माछा पालन व्यवसायमा सौहिलेत दरमा ऋृण लगानी गरेको उनले बताए ।

ह्योसिमेसको आयआर्जन कार्यक्रम र नगरपालिकाको कृषि तथा आयआर्जन संग सम्बन्धित कार्यक्रमलाई समेत समावेश गरिएको उनले बताए । उनका अनुासर ११ लाख १२ हजार ३ सय शेयर पूँजी रहेको उक्त संस्थाको बचत संकलन ४५ लाख ७ हजार ४ सय एक रुपैंया रहेको छ । त्यस्तै संस्थाले सदस्यहरुमा गरेको ऋण लगानी एक करोड ५० लाख रहेको छ भने बाह् ऋृण तथा पुँजीगत अनुदान २६ लाख ४३ हजार रहेको संस्थाले जनाएको छ । सहकारीले थोरै प्रतिशत व्याजदरमा किसानलाई ऋृण उपलब्ध गराएको सोही संस्थाबाट ३ लाख ऋृण लिएर स्वरोजगार व्यवसाय थालेका व्यवसायी रामचन्द्र चौलागाईले बताए । उनका अनुसार सहकारीले कृषि व्यवसाय गर्ने किसानहरुलाई १२ प्रतिशत व्याजदरमा ऋृण उपलब्ध गराउँदै आएको छ ।