नेकपाले ग¥यो मेलम्चीमा बृहतसभा

पुष ११, मेलम्ची (सिन्धुपाल्चोक) । नेकपाले मेलम्चीमा शुक्रबार बृहत आमसभा गरेको छ । ल्होसार पर्वको अवसर पारेर मेलम्ची नगरकमिटिले आयोजना गरेको पार्टी कमिटीलाई सपथ सहितको उक्त सभामा हजारौं जनता तथा कार्यकता सहभागी भएका थिए । स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको लागि भएको निर्वाचन पछिको नेकपाले गरेको बृहत कार्यक्रम सम्भव त यो नै थियो । मेलम्चीका १३ वटा वडा तथा छिमेकी पालिकाबाट समेत सहभागी उक्त सभामा नेकपाका नेता जनार्दन शर्मा र गोकर्ण विष्ट सहभागी हुने भनिएपनि दुवै नेता सहभागी भएनन् ।

उक्त सभालाई नेकपाका केन्द्रीय तथा जिल्ला तहका नेताले सम्बोधन गरेका थिए । नेकपा मेलम्ची नगर कमिटीलाई वैधानिकता दिन समेत आयोजना गरिएको बृहत सभामा १३ वटै वडाका वडा कमिटी तथा नगरकमिटिलाई सपथ खुवाईएको छ । कमिटीलाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा ’देशबन्धु‘ ले सपथ खुवाएका थिए । डम्बर अर्यालको नेतृत्वमा २९ सदस्यीय नगरकमिटि बनेको हो । सपथ पछिको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सापकोटाले मुलुकको परिवर्तन पछि जनताको चहानालाई नेकपाले आत्मसाथ गर्न थालेपछि जनताको जनलहर बढ्न थालेको उनले प्रतिक्रिया दिए । मुलुकको विकास र समृद्विको जग बसाल्न नेकपाले सुरुवात गरेपछि पार्टीले थेग्नै नसक्ने गरी अन्य पार्टीबाट पार्टी प्रवेशको लहर बढेको उनले बताए ।

’नेकपाले अब बहुमत मात्र होईन यो मुलुक र आम नेपाली जनताको जिम्मेवारी लिन सक्ने एकशक्तिशाली पार्टी बन्छ‘, नेता सापकोटाले भने । दुईपार्टी एकता भएपनि भावनात्मक एकता अझै बाँकी रहेकोले वैचारिक बहस सहित भावनात्मक एकतामा सुदृढ गर्दै समाजवादी लक्ष्य प्राप्तिका लागि अग्रसर हुने उनले बताए । कार्यक्रममा अर्का विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य तथा २ नम्बर प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले नेकपाको सरकारले निकै ठूलठूला योजनाहरु दुर्तगतिमा ल्याएपछि पार्टीमा जनताको आर्कषण बढेको बताए । सिन्धुपालचोकमा विकासको गतिले चरम उत्कर्ष लिएको प्रतिक्रिया दिंदै सांसद तामाङले नेकपाले के ग¥यो भन्नुभन्दा के गरेन भनेर प्रश्न सोध्नु सान्दर्भिक हुने उनले तर्क पेश गरे ।

पछिल्लो पटक नेकपामा जनलहर आएको बताउँदै नेता तामाङले नेपाली कांग्रेसले कार्याकर्तालाई चाल्नामा थापेको हुनाले चुहिनेक्रम बढेको प्रतिक्रिया दिए । तर नेकपाले भने कार्याकतालाई अन्जुलीमा थापेको कारण जोगिएको उनले ठोकुवा गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा सामाजिक विकासमन्त्री युवराज दुलाल, दावा तामाङ, जिल्ला अध्यक्ष झम्क नेपाल, हस्त पण्डित र चन्द्रबहादुर थापा लगाएतले सम्बोधन गरेका थिए । नगरकमिटीले पूर्णता र सपथ खाएसंगै नगरपार्टी कमिटी मजबुत हुने कार्यक्रमका सभापति समेत रहेका नगरकमिटी संयोजक डम्बरबहादुर अर्यालले प्रतिक्रिया दिए । कार्यक्रमको सञ्चालन गोपाल नेपाल भिमले गरेका थिए भने स्वागत मन्तव्य भगवती नेपालले गरेकी थिईन ।