कांग्रेसका जिल्ला कोषाअध्यक्ष सहित एउटा गाउँ सिंङ्गै नेकपामा प्रवेश

पौष ११, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकामा भएको नेकपाको कार्यक्रममा अन्य पार्टीका सयौं कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । हिजो नेकपा मेलम्ची नगरकमिटीको आयोजनामा मेलम्ची बजारमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका कोषाध्यक्ष श्याम खड्का, ज्यामिरेका सुनबहादुर घले, योङ्ग तामाङ लगाएत कांग्रेस र राप्रपाबाट १ सय २० जना नेकपामा पार्टी प्रवेश गरेका छन् ।


पार्टी प्रवेश गरेकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी ईन्चार्ज कृष्णप्रसाद सापकोटा, पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ लगाएत जिल्ला नेताहरुको टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । सोही नगरपालिका अन्र्तगत ज्यामिरेमा सुनबहादुर घलेको नेतृत्वमा एउटा गाउँका सिङ्गै नेकपामा प्रवेश गरेका छन् । उक्त गाउँ नेपाली कांग्रेसका क्षेत्रीय नेता आईतमान तामाङको पकड मानिएको थियो । सुनबहादुर त्यस क्षेत्रमा नेपाली कांग्रेसको खम्बा मानिन्थे । विधि र विधानलाई आत्मसाथ गर्ने पार्टी नेकपा भएको हुनाले आफु नेकपामा प्रवेश गरेको घलेले बताए । नेपाली कांग्रेस प्रजातन्त्रिक पार्टी भनिएपनि शिष्टममा चलेको पार्टी नभई व्यक्ति हावी हुने पार्टी भएको हुनाले अनुसाशन, क्रियासिलता र कार्याकताको संरक्षण गर्ने पार्टी नेकपा भएको हुनाले उक्त पार्टी पार्टी रोजेको उनले बताए ।

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष समेत रहेका श्याम खड्काले जनाताको ईच्छा र आकांक्षालाई कांग्रेसले पुरा नगर्ने देखिएपछि नेकपामा प्रवेश गरेको प्रतिक्रिया दिए । गत स्थानीय निर्वाचनमा पूर्व माओवादीबाट मेलम्ची नगरपालिका मेयरको उम्मेदवार समेत रहेका खड्काले नेकपाको एकतापछि कांग्रेसमा प्रवेश गरेका थिए । आफुले नेकपाको एकतालाई गहिरोसंग नबुझ्दा पश्चताप व्यहोर्नु परेको प्रतिक्रिया दिए । उनी संगै युवा संघका क्षेत्रीय अध्यक्ष्य समेत रहेका योङ्ग तामाङ्ग पुनः नेकपामै फर्किएका छन् ।
ल्होसार पर्वको अवसर पारेर नेकपा मेलम्ची नगर कमिटिले आयोजना गरेको उक्त कार्यक्रममा नगरकमिटीलाई सपथ खुवाईएको थियो ।