जिल्लाकै नयाँ प्रयोग जुगलले ग¥यो, उपभोक्ता समितिलाई सहज बनाउन भुक्तानी पुस्तिका

पुष ८, ढाँडे (सिन्धुपाल्चोक) । आफ्नो पालिकामा रहेका उपभोक्ता समतिहरुलाई सहज र सरल ढंगबाट सेवा दिने उद्देश्यले जुगल गाउँपालिकाले नयाँ प्रयोग ल्याएको छ । पालिकाले यो आर्थिक वर्ष देखि उपभोक्ता समिति मार्फत गरिने आयोजनाहरु छिटो र पारदर्शि गराउने उद्देश्यले पालिकाको आफ्नै लगानीमा उपभोक्ता समिती कार्यसञ्चालन तथा भुक्तानी पुस्तिका तयार गरिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले सिन्धुज्वालाई बताए । ’पालिकाका योजनाहरु छिटो छरितो र पारदर्शि बनाउन तथा उपभोक्ता समितिहरुलाई सहज बनाउन यो खालको प्रयोग ल्याएका हौं‘, पालिकाका अध्यक्ष श्रेष्ठले भने ।

उपभोक्ता समितिलाई योजना र काममा सजिलो बनाउन पञ्जिका फारम भुक्तानी पुस्तिका जिल्लामै पहिलो प्रयोग भएको उनले दावी गरे । ’यस प्रयोग अन्त भएको देखिएको छैन् अन्य पालिकालाई पनि यसको सिकायत हुनसक्छ‘, गाउँपालिका माहासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले भने । उक्त पुस्तिकाले उपभोक्ता समितीलाई योजनाको लागी निवेदनको ढाँचा, भुक्तानी, सम्झौता लगाएत तयार गर्न सजिलो र छिटो हुने उनले बताए । उक्त पुस्तिकाले उपभोक्ता समितिलाई कागजी प्रक्रियामा मात्र नभई आर्थिक पारदर्शिता समेत ल्याउने उनले बताए । उनका अनुसार ३४ शिर्षक रहेको ६३ पृष्टको उक्त पुस्तिका उपभोक्ता समितले पालिका वा वडाबाट एकसय रुपैंयामा खरिद गर्नेछन् ।

उक्त पुस्तिकामा निवेदन देखि सम्झौता सम्मका सबै ढाँचामा पञ्जिका फारम राखिएको हुनाले उपभोक्ता समितिले कागजमा तथा निदेदनको लागि थप दस्तुत तिर्नुपर्ने झन्झटबाट समेत मुक्त हुने उनले बताए । उपभोक्ता समितिले पुस्तिकामा कार्यसम्पन्न भएको प्रतिवेदन सहित भरेको फारम पालिकामा रेकर्डको रुपमा राख्न समेत सजिलो हुने उनले बताए ।
यसैगरी पालिकाले कार्यालयमा हुने जिन्सि सामानको प्रयोगमा समेत नयाँ तरिका अपनाएको बताएको छ । कार्यालय सञ्चालनमा आर्थिक पारदर्शिता ल्याउन कलम डायरी लगाएत सामन्य कुरामा समेत जिन्सि शाखा मार्फत प्रयोग गरिने पालिका अध्यक्ष श्रेष्ठले बताए । ’अब एउटा कलम र डायरी पनि सिधै पाईदैन जिन्सी शाखामा माग फारम र स्विकृत गरेपछि मात्रै उपलब्ध हुने व्यवस्था गरेका छौं‘, पालिका अध्यक्ष श्रेष्ठले भने । यो नियम सामन्य कर्मचारी देखि माथिल्लो कर्मचारी तथा जनप्रतिनिधि सबैलाई लागु हुने उनले बताए । उनका अनुसार कार्यालयमा आवश्यक पर्ने सामग्री कति आवश्यक हो सम्बन्धित विभागले जिन्सी शाखामा माग फारम भर्नुपर्दछ । सोही फारमलाई कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि भुक्तानी पुस्तिकामा जनाएर दिने व्यवस्था पालिकाले गरेको छ ।