क्षमादेवीमा पनि नेकपाकै वर्चश्व

पुष ५, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाली कांग्रेसका नेता मोहन बस्नेतको राजनीतिको पकड क्षेत्र मानिएको शारदा मावि बाह्रबिसेको विद्यालय व्यवस्थापन समितिमा नेकपाले एकलौटी बनाए लगत्तै क्षमादेवी माविमा पनि नेकपाले वर्चश्व कायम गरेको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ३ पँलातीमा रहेको क्षमादेवी माविको अविभावक भेलाबाट नेकपाको तर्फबाट बहुमत सदस्य निर्वाचित भएका छन् । क्षमादेवी मावि नेता बस्नेतको नजिक मात्र नभई घरआँगन नै हो । विद्यालय व्यवस्थापन समिति चैनको लागि आज भएको उक्त निर्वाचनमा ३ सय ३३ मत रहेकोमा २ सय ८१ मत खसेको थियो । जसमा नेकपाको तर्फबाट विवव्यस उम्मेदवार बनेका बुद्वराज बस्नेतले खुल्लाबाट १ सय ४६ मत ल्याएर निर्वाचित भएका थिए ।

त्यस्तै अर्का सदस्यमा बरुण प्रताब खड्काले खुल्लैबाट १ सय १९ मत ल्याएर निर्बाचित भएका थिए । त्यस्तै निशा नेपाली सर्वसहमतबाट निर्वाचित भएकी थिईन । कांग्रेसबाट एकजना मदन खड्काले १ सय ४१ मत ल्याएर अविभावकबाट निर्वाचित भएका थिए । तर खुल्लाबाट तिलक बहादुर लामाले १ सय १ मत र जीवन राउतले १ सय १५ असफल भएका थिए । निर्वाचनमा छनौट भएका चारजना मध्ये ३ जना नेकपाको र १ मात्रै नेपाली कांग्रेसको चुनिन सफल भएको छ । जसको बहुमत पुग्छ उसैबाट अध्यक्ष छानिने प्रक्रिया भएको हुनाले क्षमादेवीमा नेकपाकै अधयक्ष बन्ने एक अविभावकले सिन्धुज्वालालाई बताए । क्षमादेवीमा समेत नेता बस्नेतको पहल गुमेपछि उनको राजनीतिममै प्रश्नचिन्ह खडा भएको वुद्विजिविहरुको तर्क छ ।