शोकमा रहेको जुगलले प्रति मृतक ५० हजार राहात दिने घोषणा

मंसिर ३०, ढाँडे (सिन्धुपाल्चोक) । लामोसाँघु–जिरी सडक बस दुर्घटनामा जुगल गाउँपालिकाको ६ जनाको मृत्यु भएपछि जुगल गाउँपालिकाले शोक मनाउन सोमबार जुगल गाउँपालिकामा बिदा दिएको छ ।

गाउँपालिकाले मृतक परिवारलाई तत्काल राहात स्वरुप ५० हजार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । दुर्घटनामा घाइतेहरुको उपचारको व्यवस्था मिलाउनका लागि जुगल–७ का वडा अध्यक्ष दिलकुमार तामाङको संयोजकत्वमा समिति समेत गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।