सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना, १५ को मृत्यु १४ को सनाखत (नामवली सहित)

दिनेश दुलाल
मंसिर २९, खाडीचौर । सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान भ्रमणबाट फर्किदै गरेको बस दुर्घटना भएको हो ।
दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ८ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव काफ्लेका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस ७५ किमी तल सडकमै पुगेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा १२ जनाको शव फेला पारिएको थियो भने सदाबहारमा २ र केएमसीमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । डिएसी काफ्लेका अनुसार एकजना बाहेक १४ जनाकै सनखत भईसकेको छ । त्यस्तै उक्त दुर्घटनामा परी हेम्समा १४, धुलीखेलमा ३, केएमसीमा १ र सदाबहारमा एक जनाको उपचार भई रहेको प्रनाउ काफ्लेले जानकारी दिए । घटना हुनुको कारण भने प्रहरी अनुसन्धानकै क्रममा रहेको उनले बताए । प्रहरीका अनसार उक्त बस दोलखाको कालिन्चोक भ्रमण गरेर फर्कर्दै थियो ।

मृतकको नामवली यस प्रकार छ ः
१) जुगल गाउँपालिका–७ (सिन्धुपाल्चोक) वर्ष २८ का शक्रबहादुर तामाङ
२) जुगल गाउँपालिका –७(सिन्धुपाल्चोक) वर्ष ७ की सविना तामाङ
३) जुगल गाउँपालिका–७ (सिन्धुपाल्चोक) १५ महिनाकी रोशनी तामाङ
४) जुगल गाउँपालिका –७(सिन्धुपाल्चोक) वर्ष २८ की मञ्जु तामाङ
५) जुगल गाउँपालिका–७ (सिन्धुपाल्चोक) वर्ष ३० की रेश्मा तामाङ
६) उमाकुण्ड गाउँपालिका–४ (रामेछाप) वर्ष २४ का महेश तामाङ
७) शैलुङ गाउँपालिका–६ (दोलखा) वर्ष १० को रञ्जित बस्नेत
८) लिसंखुपाखर गाउँपालिका –४ (सिन्धुपाल्चोक) वर्ष ५५ की गंगामायाँ लामा
९) बहलेफी गाउँपालिका–७ (सिन्धुपाल्चोक) वर्ष ३५ की फुलमायाँ तामाङ
१०) भिमेश्वर नगरपालिका–९ (दोलखा) वर्ष ४२ की लक्ष्मी श्रेष्ठ
११) बेथानचोक गाउँपालिका–५ (काभ्रे) वर्ष ३६ को रामशरण खत्री
१२) बेथानचोक गाउँपालिका–५ (काभ्रे) वर्ष ३५ की मैयाँ केसी
१३) सुनपाती गाउँपालिका–६ (रामेछाप) वर्ष ४२ की ईनुमायाँ तामाङ
१४) सूर्यविनायक नगरपालिका–८ (भक्तपुर) वर्ष ३२ की चिनु बस्नेत
१५) वर्ष अन्दाजी २२÷२४ को सनाखत हुन नसकेको