काजी खानदानको तीनदशक देखिको प्रयास, वामपन्थीले एकैदिनमा पारे झ्याप

बाह्रबिसे (सिन्धुपाल्चोक) । शारदा माध्यामिक विद्यालयल बाह्रबिसेलाई नेपाली कांग्रेस अर्थात मोहन बस्नेतको पहुँच भएको मान्नेहरु अझै छन् ।
तर तिन दशक भन्दा बढी विद्यालयलाई राजनीतिको आफ्नो पकड मान्दै आएका नेता बस्नेतको आधार क्षेत्र गुमेको छ । उक्त विद्यालयको व्यवस्थापन समितिको चुनावमा कांग्रेसले हार व्यहोरेको छ भने नेकपाले जित हाँसिल गरेको छ ।

उक्त विद्यालयमा नेता बस्नेतले तीन दशकदेखी एसएलसी दिने विद्यार्थीलाई वर्षेनी निशुल्क कोचिङ पढाउने गरेका थिए । निशुल्क कोचिङ पढाएको आधारमा उक्त विद्यालयलाई कांग्रेसको राजनीति उत्पादनको क्षेत्रको रुपमा बुझेका थिए । तर त्यहि कांग्रेसको बिरासतलाई वामपन्थीले शनिबार उल्टाएका छन् । अर्थात शारदा माविमा भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा नेकपा तर्फका चार जना सदस्य निर्वाचित भएका छन् । जम्मा अविभावक संख्या ५ सय ७२ रहेकोमा २ सय ९५ मात्र मतदान प्रक्रियामा भाग लिएका थिए । निर्वाचित अभिभावक महिलामा सरस्वती राजभण्डारीले १२२ मत ल्याएर निर्वाचित भएकी थिईन भने अर्की प्रतिश्पर्धी पार्वती खत्री (रोक्का) ले ८८ मत ल्याएकी थिईन । त्यस्तै अविभावक परुष तर्फ कृष्ण प्रसाद न्यौपानेले १ सय २६
मत ल्याएर विजय भएका थिए भने उनका प्रतिश्पर्धी बिष्णु बहादुर बस्नेतले ८६
मत ल्याएका थिए । त्यसैगरी खुल्ला तर्फ अर्थलाल श्रेष्ठले १३०, गोपाल बस्नेत ले ११९, जीत बहादुर तामाङले १०८ र राजु कृष्ण श्रेष्ठ ११२ मत ल्याएका थिए । उक्त निर्वाचनमा नेकपाको प्यानलनै बिजयी भएको थियो ।